🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा भेटियो झन्डै १ करोड मूल्यको घोडा, तैपनि मालिकले बेचेनन्

काठमाडौं, १८ पुस । भर्खरै कोल्हापुर, महाराष्ट्रमा सतेज कृषि प्रदर्शनी आयोजना गरिएको थियो, जसमा यो गब्बर नामक घोडा पनि समावेश भएको थियो । कोल्हापुरका अमोल भास्करको यो घोडा जवाहरनगर क्षेत्रमा छ ।

अमोल भास्करले यो घोडा सानै छँदा १८ लाखमा किनेका थिए । उनले पुष्कर मेलाबाट शौखका लागि किनेका थिए । उनले यो घोडाको बारेमा थप जानकारी पनि दिए। यो घोडा मारवाडी नस्लको हो र करिब २८ लाख नेपाली रुपैयाँ बराबरमा खरिद गरिएको हो । भास्करलाई घोडा पाल्ने मन छ, त्यसैले उनले यो घोडा किनेका हुन् । यो घोडा कोल्हापुर सहरको एक मात्र घोडा हो र जिल्लामा औंलामा गन्न लायकका यी जातका घोडा छन् ।

हाल यो घोडा चार वर्षको भइसकेको छ । यसको मेडिकल चेकअपका लागि पुणेबाट टोलीहरू आउँछन्। भास्करका अनुसार यो घोडाको औसत मासिक खर्च ४० हजार भारतीय रुपैयाँ रहेको छ ।

गब्बरको आहार

गब्बरको डाइट पनि विशेष छ । उनलाई हरेक दिन दस लिटर ताजा दूध, चना, उमालेको साबु र कुटी दिइन्छ। खानामा मात्रै मासिक औसत ३५ देखि ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । केही दिनअघि गब्बरलाई बेच्न ५८ लाख (नेपाली रुपैयाँ ९२ लाख ८ हजार) को अफर आएको थियो । तर, भास्करले त्यसलाई अस्वीकार गरेका छन् । यसबारे घोडाका मालिक सुनिल चौगुलेले जानकारी दिएका छन ।

९८ लाखको अफर

केही दिनअघि अमोल भास्करलाई यो घोडाका लागि पुणेबाट ५८ लाख (नेपाली ९८ लाख ) रुपैयाँको अफर आएको थियो । तर, भास्करले यो प्रस्ताव अस्वीकार गरेका थिए । यो घोडा भास्करलाई धेरै प्यारो छ, त्यसैले उनले पैसालाई महत्व दिएनन्। यो घोडाको खानामा मात्रै मासिक ४० हजार भारतीय रुपैयाँ खर्च भइरहेको छ तर पनि उनको लागि यो घोडा निकै विशेष छ ।

प्रदर्शनीमा गब्बरको छुट्टै चर्चा

यस प्रदर्शनीमा विभिन्न किसिमका जनावर र घोडा राखिएको थियो तर कोल्हापुरको गब्बर नामको घोडाको चर्चा फरक थियो । उनको आकर्षक रुपका कारण गब्बरलाई हेर्न कोल्हापुर, सांगली, सतारा, बैंगलोर, कर्नाटक लगायतका ठाउँका किसानहरु ठूलो संख्यामा आएका थिए ।