🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैन : व्यापार मन्त्री

क्यानबेरा। अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला नगर्ने संकेत गरेको छ । अष्ट्रेलियाका व्यापार मन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला गर्न अष्टे«लियालाई हतार नभएको स्पष्ट पार्नु भएको हो ।

सिमाना खुल्ला गर्नु कति ठिक र कति बेठिक भन्ने विषयमा सरोकारवाला र विज्ञहरुसँग परामर्श तथा छलफलहरु भइरहेको उहाँले बताउनुभयो । सिमाना अहिले नै खुल्ला गर्न हतार गर्न नहुने सुझाव अधिकांश विज्ञ तथा सरोकारवालाहरुले दिएकाले अझै केही समय सिमाना नखुल्ने उहाँले स्पष्ट पार्नुभयो ।

विशेष सेवा र अवस्थाका लागि भने निर्धारित सर्तहरु पुरा गरेर हवाई यात्रुहरुलाई भने अष्ट्रेलियाले आवत जावत गर्न दिएको छ । न्यूजील्याण्ड र अष्ट्रेलियाका बीचमा  हवाई सेवा गत अप्रिलदेखि खुल्ला गरिएको छ । तर सबै देश तथा क्षेत्रलाई अष्ट्रेलियासँगको सिमाना खुल्ला गर्न भने अस्वीकार गरिएको छ ।

कोरोनाभाइरसको महामारी अझै पनि खतरामुक्त अवस्थामा नरहेकाले सिमाना खोल्ने जोखिम लिन नचाहेको व्यापार मन्त्री टेहानले बताउनुभयो । (रासस-सिन्ह्वा)