🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेशका मन्त्रालय मध्ये आन्तरिक मामिला मन्त्रालय शक्तिशाली 

पथरी, मोरङ, १ फागुन (रासस) : प्रदेश नं १ का छ मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मन्त्रालयको रुपमा देखिएको आन्तरिक तथा कानून मन्त्रालयले माघ २९ गते सोमबारदेखि विधिवत्रुपमा काम शुरु गरेको छ । 

मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीका अनुसार यो मन्त्रालयले केन्द्रको गृह मन्त्रालयसरह काम गर्नेछ । सूचना तथा सञ्चार, कानून र सामान्य प्रशासनको सम्पूर्ण कार्य यसै मन्त्रालयबाट हुनेछ । मन्त्रालयका सचिव खत्रीले प्रदेशका छ मन्त्रालयमध्ये अधिकारको हिसाबले शक्तिशाली रहेको बताए  । उनका अनुसार प्रदेशको शान्ति सुरक्षा, कर्मचारीको सरुवा, बढुवा र कानून निर्माणको रुपमा मन्त्रालयले भूमिका खेल्ने छ । 

सूचना तथा सञ्चार मन्त्रालयबाट हुने सम्पूर्ण काम यही मन्त्रालयले गर्नेछ । सचिव खत्रीका अनुसार शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्यूरो, द्वन्द्व व्यवस्थापन, कानून न्याय तथा प्रदेशसभा मामिला र प्रदेश कर्मचारी यही मन्त्रालयले खटनपटन गर्नेछ । 

यस मन्त्रालयमा तीनवटा महाशाखा रहनेछन् । प्रशासन योजना तथा विपद् व्यवस्थापन, सुरक्षा समन्वय र कानून तर्जुमा महाशाखा रहनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय रहनेछन् । संघीय शासन व्यवस्था कार्यान्वयनको चरणमा रहेकाले प्रदेश नं १ मा मन्त्रालयको स्थापना हुने क्रम जारी रहेको छ । 

प्रदेशका प्रमुख सचिव यादव कोइरालाले सीमित स्रोत साधनका बाबजुद मन्त्रालय स्थापना गर्नेक्रम जारी रहेको बताए  । मुख्यमन्त्री चयन भइसकेपछि सबै मन्त्रालयबाट काम सुचारु हुने जानकारी दिए  । मन्त्रालय स्थापना हुने क्रमसँगै सचिव आउने क्रम जारी छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा सन्तोष श्रेष्ठ, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयमा हरिबहादुर केसी र पूर्वाधार मन्त्रालयमा किशोरचन्द्र गौतम सचिवको रुपमा रहेका छन्  ।