🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बूढानीलकण्ठको कोरोना अपडेट : २ को ज्यान गयो, ६४ संक्रमित थपिए 

काठमाडौं । कोभिड–१९ संक्रमणबाट बूढानीलकण्ठ नगरपालिकामा सोमबार थप २ संक्रमितको ज्यान गएको छ । त्यसैगरी ६४ नयाँ संक्रमित थपिएका छन् । 

नगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार, अस्पतालमा उपचाररत वडा नं. १ का १ पुरुष र १ महिलाको सोमबार मृत्यु भएको छ । आइतबार मात्रै यो नगरपालिकामा ३ जना संक्रमितको मृत्यु भएको थियो । योसँगै बूढानीलकण्ठमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । 

कुन वडामा कतिको गयो ज्यान ? 

नगरपालिकाले सोमबार जारी गरेको नियमित बुलेटिनअनुसार ६ र ९ वडामा अहिलेसम्म ३/३ जना संक्रमितको मृत्यु भइसकेको छ ।

३, ५ र ८ नम्बर वडामा २/२ , १, ११ र १२ वडामा समान १/१ जनाको कोरोनाबाट ज्यान गएको छ ।  २, ७, ९ र १३ का कसैले पनि कोरोनाबाट ज्यान गुमाउनु परेको छैन । 

एकैदिन थपिए ६७ संक्रमित 

 सोमबार एकै दिन ६४ थप नयाँ कोरोना भाइरसका केस नगरपालिकामा फेला परेको छ । 

नगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएअनुसार थप ३१ महिला र ३३ पुरुषणमा संक्रमण पुष्टि भएको छ । वडा नं. २, १० र १२ मा सबैभन्दा धेरै १०÷१० जना संक्रमित भएका छन् । योसँगै नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ८१ पुगेको छ । 

सोमबार १, २ र ३ वर्षका ५ बालबालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

यो नगरपालिकाको संक्रमणभन्दा निको हुने दर राम्रो रहे पनि यसमा सोमबारबाट केही परिवर्तन आएको छ । सोमबार ६४ जना नयाँ केस देखिँदा मात्रै ३८ जना संक्रमणमुक्त भए । अब यो नगरपालिकाको सक्रिय संक्रिय संक्रमितको संख्या ३२३ पुगेको नियमित बुलेटिनमा उल्लेख छ । जसमा २९३ जना होम आइसोलेसनमा र ३० जना विभिन्न अस्पतालमा उपचाररत छ । 
\"\"