🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निषेधाज्ञाको मौका छोपी वन सम्पदा चोरी

महोत्तरी, ५ जेठ (रासस) । निषेधाज्ञाको मौका छोपी महोत्तरीमा वन सम्पदा चोरीका घटना बढेका छन् । पछिल्लो पटक आज बिहानै वन सुरक्षा गस्तीले बर्दिबास नगरपालिका–८ हाथीलेटबाट ४० क्यूफिट साल (साखु) को काठ बरामद गरेको छ । वन सुरक्षा गस्तीले  लखेट्दै जाँदा तस्कर काठ राखिएको साइकल छाडेर भागेका थिए ।

सागरनाथ वन विकास परियोजनाको हात्तीलेट युनिटको १० नम्बर प्लटबाट तस्करले सालका रुख कटान गरेका हुन् । जम्मा १० गोलिया बनाएर एक÷एक साइकलमा राखेर लैजाँदै गरेको थाहा पाएर पिछा गर्दा काठ बरामद भएको सशस्त्र वन सुरक्षा शाखा बर्दिबास–४ माइस्थानले जनाएको छ । तस्कर भने भाग्न सफल भएको गस्ती टोलीका प्रमुख सहायक वन अधिकृत सन्तोषकुमार यादवले बताउनुभयो ।

बरामद काठ र साइकल सबडिभिजन वन कार्यालय बर्दिवासमा राखिएको र तस्करहरुको खोजी जारी राखिएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा असहज परिस्थितिको फाइदा उठाउँदै वन क्षेत्रमा तस्करहरुको चहलपहल केही दिनयता तीब्र रुपमा बढेपछि निगरानीलाई बढाइएको थियो ।

एक साता पहिले मात्र शिकार गर्न वन पसेका शिकारीको पिछा गर्दै प्रहरीले बर्दिबास–५ टुटेश्वर वन क्षेत्रबाट एउटा स्कुटी, एक थान भरुवा बन्दुक, फलामका काँटी र बारुद बरामद गरेको थियो ।

———