काठमाण्डौं । काठमाण्डौं उपत्यकामा केही व्यक्तिहरुले लिखत कीर्ते गरी विभिन्न बर्गका नक्कली सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा Metropolitan Crime Division Hanumandhoka कार्यालयबाट खटिएको प्रहरी टोलीले कीर्ते गर्ने व्यक्तिलाई पक्राउ गरेकाे छ ।
२०७९ फागुन ८ गते जिल्ला रोल्पा त्रिवेणी गाउँपालिका वडा नं। ७ घर भई हाल जिल्ला ललितपुर गोलभट्टा बस्ने बर्ष २८ को प्रकाश घर्ति मगरलाई शंका लागि निजको शरीर खानतलासी गर्ने क्रममा निजको साथबाट B बर्गको सवारी चालक अनुमति पत्र लाई A, B, F & G बर्गको नक्कली सवारी चालक अनुमति पत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारेकाे थियाे ।
निजलाई तत्काल नियन्त्रणमा लिई २०७९ फागुन ९ गते लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुरमा पठाईएको Metropolitan Crime Division Hanumandhoka ले जानकारी दिएकाे छ ।



