काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा २ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।
६.४ रेक्टर स्केलको उक्त शक्तिशाली भूकम्प गएको हो । राति ११ बजेर ५० मिनेटमा भूकम्प गएकाले निद्रामा रहेका अधिकांश भाग्दा झन् ठूलो क्षति भएको हो ।
भूकम्पका कारण दर्जनौं भवन भत्केका छन् । मूख्य शहरमा रहेको १० तल्ले होटल भासिँदा ठूलो क्षति भएको छ ।
त्यहाँ रहेका थुप्रै मानिस हताहति भएको अनुमान गरिएको छ । उद्दार जारी छ ।



