असम्भावित थियो, यो हुनु नै थियो ।
जुन जालझेल, फरेव र धोकाधडी घोलघाल पारेर बनाइयो
त्योभन्दा अको झोल पार्टी बन्नै सतmैनथ्यो ।
आजभोलि यो शहरले जुन तमासा देख्नु परेको छ, आफ्ना सडकहरूमा ।
त्यो एकदम सजीव छ, सादृश्य छ र स्वभाविक पनि ।
धेरै, राम्रोसित स्कूल जान नपाएकाहरू
धेरै, बिहानबेलुका खाजा खान नपाएकाहरू
र, धेरै, मखमली परिवारमा हुर्किन नपाएकाहरू
ती सबैलाई स्वैरकल्पित कम्युनिष्ट सरकार हेर्ने रहर थियो ।
तिनकालागि आजभोलि,
राजधानी काठमाण्डौंका सडकहरू रमाइलो मसानघाट भएका छन ।
माघेझरिमा चिसोले मर्ने परेवा झै सपनाहरूलाई झर्नु पर्दथ्यो ।
कम्युनिष्ट सपनाका लाशहरू शहरका सडकहरूमा जलाइएका छन ।
यो असम्भावित थियो, र भएको छ ।
इतिहासको आजको कालखण्ड
कम्युनिष्टहरूको सरकारको साक्षी भएको छ ।
नेपालको सत्ता राजनीतिमा एउटा असाध्यै कल्पिएको विषय हो ।
विष्णुमतीदेखि इच्छुमतीको किनारसम्मका गुठियारहरू नजागुञ्जेल
न कहिल्यै मुलुकको एकात्मकता निर्माण भो, नकहिल्यै बिग्रह नै संभव ।
सानो तर ओशबिन्दुमा बनेको यो रहस्य नबुझुञ्जेल
काठमाण्डौमा तपाई जुनसुकै ऐला नृत्य देखाउनुस्, गुठियारहरूजाग्दैनन् ।
इतिहासमा ठुलठूला जनसभाहरू आयोजना गरिएका सानो टँुडिखेलमा
टुक्रा टुक्रा पारेर शौचालय र टहरा बहालमा लाउनेहरूले
नारायणहिटीको प्राड्डण रोज्नुको विकल्प थिएन ।
टुँडिखेलमा कसले कति राजस्व उठाएर आफ्नो रजस्वला छोपेका छन
कसैले सोध्यो ?
नारायणहिटीको प्राड्डणलाई सानो टुँडिखेलको नियति न दिउञ्जेल
कम्युनिष्ट सपना पूरा हुँदैन, मित्र ।
म त भन्छु,
कम्युनिष्ट सरकारको जनवादीराज्यसत्ताको सपना पूरा भएको छ ।
इतिहासले पटक पटक साबिती बोलेको छ ।
सन्तानकालागि सात पुस्तासम्म पुग्ने गरि इच्छुमतीको किनार हडपेका थिए,राजा महेन्द्रले ।
सात पुस्ता त खोइ,दोश्रो पुस्ता मै तिनलाई भट्टी भट्टीमा खोज्नु पर्ने भएको छ ।
नारायणहिटीको प्राड्डणलाई पाइखाना बनाउनेहरूलाई
खोइ कहाँ कहिले पिसाबले च्यापेका अवस्थामा भेट्नु पर्ला, भन्न सकिन्न ।
तर साँचो के हो भने,
सांस्कृतिक शहरमागुठियारहरूमा सांस्कृतिक चेत नजागुञ्जेल
पृथ्वीनारायणले पनि देवीघाटको किनार रोज्नु परेको थियो ।
उनको मरणलाई सौर्यसित नजोड्दा हुन्छ ।
राज्यसत्ताको भरमा शहर जित्न सकिएला, गुठियारहरूको मन जित्न सकिन्न ।
कम्युनिष्टहरूको नियति जसरी छरपष्टिएको छ, आज ।
त्यसले एउटा कुरा मात्रै सिद्ध गर्दछ ।
धोकाधडी, जालझेल र फरेबी केन्द्रीय सत्ताको चाल हुन सक्छ ।
तर यो शहरको सांस्कृतिक चेत हुन सक्तैन ।
तपार्इं यो शहरको ज्वाइँ हुन सक्नु हुन्छ, गुठियार होइन ।
यो खेला बुझिदैंन जतिञ्जेल ।
न शहरले आउटसाइडरलाई स्वीकारेको अवस्था हो
न त बाहिरियाले नै यो शहरमा आफनत्व दावी गरेको हो ।
स्वीकारभावको यो तेलकासा खेलमा शहरमा तपाइ जति तमासा गर्नुस
जाग्दैन के जाग्दैन गुठियारहरू ।
जुनदिन जाग्छन नि, बुझ्नु होला ।
तपाईंको मरणकालागि खोला भेटिने छैन ।
न त रथारोहणकालागि रथ नै ।
मित्र, शहरलाई नसोधी तपाईं जथाभावी सुसु गर्नु हुन्छ ।
र, भन्नु हुन्छ, खुल्ला शौचालय मुक्त शहर ।



