🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

तामाङ एकता समाज नुवाकोटद्वारा बृहत सांस्कृतिक कार्यक्रम आयोजना

शिवपुरी । नुवाकोटको शिवपुरी गाउँपालिका–६ को तामाङ एकता समाज परिवारले आगामी माघ ३० गते सोनाम ल्होछार २८५७ को अवसरमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सोनाम ल्होछार २८५७ औं लाङ ल्हो गाई वर्गको अवसरमा उक्त बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । तामाङ एकता समाज परिवार नुवाकोटले हरेक वर्ष सोनाम ल्होछारको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । 

यस बृहत सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि धर्मगुरु आचार्य सर्वजित गोङ्बा आमन्त्रित गरिएको छ । त्यसैगरी यस बृहत सांस्कृतिक कार्यक्रममा उद्धव कार्की, रेशम निर्दाेष, बलबहदुर वाईवा, बिरबहादुर थोकर, रामहरी भण्डारी, प्रनिल तामङ, मिना लामा, मिना बुढाथोकी, रेखा लामा, सुमित्रा तामाङ, सीमा भण्डारी, लक्ष्मी डिमडुङलगायतका गायक÷गायिका तथा कलाकारहरुको सहभागिता रहनेछ । 

नुवाकोटको शिवपुरी गाउँपालिका–६ को तामाङ एकता समाज परिवारले सबैलाई यस बृहत सांस्कृतिक कार्यक्रममा सहभागिता जनाइदिन विशेष अनुरोध समेत गरेको छ ।