काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताएका छन् । कपिलवस्तुको चन्द्रौटामा युवा सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा सङ्घका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउने क्रम जारी रहेको बताए ।
अहिले प्रचण्ड–माधव समूहमा रहेको पूर्वएमाले समूहका नेता पनि आफ्नै समूहतिर फर्कंने दाबी पनि बस्नेतले गरे ।
फरक प्रसंगमा उनले कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइए पनि पार्टी एकताका केही काम गर्न नसकेको आरोप लगाए ।



