🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 प्रदेशसभा विघटनको तयारीमा  प्रधानमन्त्री केपी ओली  ? 

काठमाडाैं । नेकपा प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समितिको बैठक समापनपछि २०७७ पुस १० गते प्रचण्डले भने– ''प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्छन् । बागमती प्रदेशमा प्रचण्ड–माधव नेपाल समूहका सांसदले  प्रधानमन्त्री केपी ओली निकट मुख्यमन्त्री डोरमणि  पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको केही घण्टामा प्रचण्डको यस्तो धारणा आएको हो । प्रचण्डले त्यसो भन्नुमा  आजै प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक राख्नुसँग पनि 

सन्दर्भ जोडिएको छ । केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा ओलीले प्रचण्ड–माधव नेपाल समूहले प्रदेशमा केही गरे आफूले स्टेप चाल्ने बताएका थिए । त्यसैसँग जोडेर पनि  प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्ने सिफारिस गर्ने चर्चा व्यापक छ । 

त्यसो त, प्रधानमन्त्री केपी ओली प्रदेशसभा विघटन गरेर राष्ट्रपतीय शासन लागू गराउने मुडमा देखिएका छन् । मुख्यमन्त्रीहरुको सिफारिश वा समर्थनमा तत्काल त्यस्तो निर्णयमा  नपुगेकाे भएपनि प्रधानमन्त्री ओली तयारीमा  भने रहेका छन् । एकजना मन्त्रीले प्रधानमन्त्री केही दिनभित्रै प्रदेशसभा विघटनको तयारीमा रहेको बताएका थिए । ती मन्त्रीको दाबीमा प्रचण्ड–माधव समूहको एक्सनमा भरपर्नेछ ।

संविधानको धारा २३२ को उपधारा ३ मा प्रदेशसभा विघटन वा निलम्बनसम्बन्धी व्यवस्था छ । त्यो विघटन ६ महिनाका लागि हुन्छ । प्रदेशसभा वा प्रदेश सरकार विघटन गरेको अवस्थामा एकमहिनाभित्र संघीय संसदबाट अनुमोदन गराउनुपर्ने व्यवस्था पनि रहेकाे छ ।

संघीय संसदबाट अनुमाेद नभएकाे अवस्थामा निर्वाचनमा  जानु पर्ने हुन्छ ।  अहिले प्रतिनिधिसभा विघटन भएकोले त्यसको काम राष्ट्रिय सभाले गर्नेछ । राष्ट्रियसभामा ओली समूहको बहुमत पुग्छ । त्यसका कांग्रेसले साथ भने दिनुपर्ने अवस्था छ ।