काठमाडौं, माघ ८ । राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार तय गर्न एमाले स्थायी समितिको बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्दैछ ।
राष्ट्रियसभा निर्वाचित हुने ५६ मध्ये ४३ पदमा वाम गठबन्धनले उम्मेदवा उठाउने निर्णय भइसकेको छ । निर्णयअनुसार एमालेले २९ र माओवादी केन्द्रले १४ पद पाउने सहमति भएको छ ।
एकता समन्वय समितिको बैठकमा भएका छलफल र निस्कर्षका बिषयमा अध्यक्षले ब्रिफिङ गर्ने र एकताबारे थप छलफल गर्ने तयारी गरिएको छ । बैठकमा कुन प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।
सात प्रदेशमध्ये ६ वटामा वाम गठबन्धननले सरकार बनाउने अवस्था छ । ६ वटा मध्ये प्रदेश नम्बर १, ३, ४ र ५ एमालेको भागमा परेकाले कसलाई मुख्यमन्त्री बनाउने भन्नेबारे छलफल हुनेछ ।
उम्मेदवार तय गर्नकै लागि नेकपा माओवादी केन्द्रको बैठक पनि आजै सोमबार दिउँसो पेरिसडाँडामा बस्दैछ ।



