🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजको जमानामा कहाँ पाउनु यस्तो समुदाय ! अरु समुदायले सिक्नुपर्ने उदाहरणीय ।

कञ्चनपुर, माघ ८ \\  थारु समुदायले आफ्नो जीवनपध्दति र जीवनशैलिलाइ परिस्कृत गरी सभ्यताको उँचाइमा अझै माथि उक्लने सङ्कल्प गरेका छन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् ।पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुर र निर्दयी भावनाको विकास भएको महसुस गरिएकोले माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि सोमबार आयोजित बैठकमा गाउँका भद्रभलादमी, गुरुवा, केसौका, बडघरलगायतले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् ।

 उक्त समुदायले हरेरी, निकासी, देशबन्ध्या, असारी, होरीलगायतका पूजामा निर्दयी तरिकाले सयौँको संख्यामा कुखुरा, बंगुर, भेडा, बाख्रा, हाँसलगायतका पशुपक्षीको बलि दिने परम्परा रहँदैआए पनि त्यसमा विराम लगाउँन बलि दिन निषेध गर्ने भएका हुन् ।

भुइयारीमा थारु समुदायका अठार देवता हुन्छन् । सबै देवतालाइ पशुपक्षी बलि दिने चलन भए पनि अबदेखि ती सबैमा बलि नदिने निर्णय भएको छ। पशुपक्षीको सट्टा नरिवल, फलफूललगायतको बलि दिई प्रसादका रुपमा ग्रहण गर्ने निर्णय समाजको बैठकमा सर्वसम्मतिले पारित गरिएको छ ।

गाउँबस्तिमा जथाभावी प्लाष्टिकको प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।

प्लाष्टिकलाई सबै गाउँका बासिन्दाले संकलन गरी सडकका चोकमा राखिएका कुडादानीमा राखी निर्धारित क्षेत्रमा लगेर नष्ट गर्ने नियम बनाइएको छ । अन्य कुरीतिकारुपमा रहेका चलनलाई पनि परिमार्जित गर्दै लैजाने बडघरको बैठकका सहभागीले प्रतिबद्धता गरेका छन् ।