🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरी निरीक्षक शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दायर

म्याग्दी । बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् धु्रव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् ।

श्रीमान्ले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत न्यायको अपिल गरेकी शर्माले आज जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहेरी दिएकी हुन् । 

मङ्सिर पहिलो साता जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट बैदाम प्रहरी चौकी पोखरामा सरुवा भएका प्रहरी निरीक्षक शर्माविरुद्ध उनकी पत्नीले बहुविवाह र भ्रूण हत्या गरेको अभियोगमा गर्भ संरक्षणविरुद्धको कसुरमा जाहेरी दिएपछि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका धनबहादुर थापाले जानकारी दिए । 
  

    मुद्दा दर्ता भएसँगै आवश्यक कानूनी प्रक्रिया अघि बढेको जिप्रकाले जनाएको छ । फौजदारी कसुरमा मुद्दा दर्ता भएसँगै शर्मा निलम्बनमा पर्ने कानूनी प्रावधान रहेको छ । चिनजानबाट प्रेम, शारीरिक सम्बन्ध हुँदै प्रेम विवाह गरेका शर्मा दम्पत्तिबीच पछिल्लो समय सम्बन्धमा खटपट आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । 

श्रीमान्ले आफूलाई जबर्जस्ती गर्भपतन गर्न लगाएको, विवाह पश्चात घरमा नलगेको, आफूलाई यातना दिने गरेको र पछिल्लो समय सरुवा भएर गएपछि आफूसँगको सम्पर्क छुटाएर अलपत्र पार्ने काम गरेको पीडित स्मृतिले सामाजिक सञ्जालमा लेखेकी थिइन् ।