🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

केएमसीले भूकम्पबाट घाईतेको निःशुल्क उपचार गर्ने, औषधिसहितको स्वास्थ्यकर्मी टिम पठाउने

केएमसीले भूकम्पबाट घाईतेको निःशुल्क उपचार गर्ने, प्रभावित क्षेत्रमा औषधिसहितको स्वास्थ्यकर्मी टिम पठाउने
काठमाडौं। काठमाडौं मेडिकल कलेज -केएमसी_ ले जाजरकोटको भूकम्पमा परेर घाईत भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने भएको छ।

केएमसीका सल्लाहकार तथा मोरंग ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुनिल शर्माको सक्रियतामा भूकम्प पीडितको निःशुल्क उपचार गराउने निर्णय भएको अस्पतालकी कार्यकारी अध्यक्ष सोईना शर्माले प्रेस विज्ञप्ति मार्फत आज जानकारी दिएकी हुन्।

त्यसैगरी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सहित स्वास्थ्यकर्मी समेत पठाउने केएमसीले जनाएको छ।

अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सहजीकरण गर्न प्रेस संयोजक नारायण दाहाल फोन नम्बर ९८०२३३५११९ र केएमसी रेस्पोन्स टिम फोन नम्बर ९८०२३३५११३ लाई सम्पर्क गर्न सूचित पनि गरिएको छ।

भूकम्पमा ज्यान गुमाएका सबैप्रति श्रध्दाञ्जलि अर्पण गर्दै सांसद शर्माले प्रभावित परिवारमा समवेदना प्रकट गरेका छन्।