काठमाडौं, माघ २ \\ आज मङ्गलवार निर्वाचन आयोगले पाँच दलसँग राष्ट्रियसभा चुनावको तयारीबारे छलफल गर्नेभएको छ।
प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रियसभा चुनावको लागि बनाउने मतपत्र, मतको गणना, मतदान केन्द्र लगायतका विषयमा छलफल गर्न राष्ट्रिय दलको मान्यता पाउन लागेका पाँच दललाई बोलाएको हो।
माघ २ गते मंगलबार सम्ममा प्रदेश प्रमुख नतोके चुनावको कार्यतालिका प्रभावित हुने आयुक्त ईश्वरी पौडेलको भनाइ छ । राष्ट्रियसभा चुनावका लागि माघ ७ गते मतदातानको नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
राष्ट्रियसभा चुनावको मतदाता प्रदेशसभा सदस्य हुने भएकाले त्यसअघि नै प्रदेश प्रमुखको नियुक्ति गरेर शपथ ग्रहण गराउनुपर्ने दबाब सरकारलाई छ ।



