🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बहुमतबाट ओली हटाउने रणनीतिमा प्रचण्ड–माधव

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद पेचिलो बन्ने देखिएको छ । विवाद उग्र बन्दै जाँदा दुवै पक्ष आ–आफ्नो रणनीतिमा जुटेका छन् । 

मुख्य सचिव, ३ राजदूत नियुक्तिदेखि ३ मन्त्रीको नियुक्तिसम्म आउँदा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बनेका छन् ।

विष्णु पौडेल संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदन र स्थायी समिति बैठकले सहमतिका आधारमा अघि बढ्न सुझाएकोमा ओली स्वेच्छाचारी ढंगले अघि बढेको प्रचण्ड–माधव समूहको आरोप छ । 

प्रधानमन्त्री ओली विगतका सहमति र निर्णय पन्छाएर अघि बढेकाले अविश्वासको प्रस्ताव ल्याएर हटाउनु पर्ने मत नेकपाका कतिपय नेताले राख्न थालेका छन् । यद्यपि, प्रचण्ड–माधव तत्काल त्यस्तो मनस्थितिमा नपुगेको बताइएको छ । बरु, चाँडोभन्दा चाँडो सचिवालय बैठक बोलाउने तयारीमा प्रचण्ड–माधव समूह जुटेका छन् । स्रोतका अनुसार स्थायी समिति र केन्द्रीय कमिटीको बैठकमा बहुमतबाट निर्णय गराएर प्रधानमन्त्रीविरुद्ध अघि बढ्ने मनस्थितिमा प्रचण्ड र माधव समूह रहेकाे स्राेतकाे दावी छ । 

नेकपाले यसअघि कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको थियो । तर कोरोना महामारीलाई देखाउँदै त्यसलाई १ महिना पर सारिएको छ । स्थायी समिति बैठक भने डेढ महिनाअघि मात्र बसेकाे थियाे । 

‘प्रचण्ड–माधव समूह ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय बनेको सूचना कतिपयले प्रवाह गरे पनि उहाँहरू त्यसो नगरी स्थायी र केन्द्रीय कमिटीमा बहुमतबाट निर्णय गरेर ओलीविरुद्ध अघि बढ्ने तयारीमा हुनुहुन्छ,’ नेकपाका एक नेताले भने । 

एक्लाएक्लै नभेट्ने 

नेकपामा विवाद बढेपछि ओलीले प्रचण्डलाई छलफलका लागि बोलाएका छन् । तर भेटका लागि उनी तयार भएका छैनन् । केही दिनयता ओलीले प्रचण्डलाई छलफलका लागि तारन्तार  बोलाए पनि नगएको बताइन्छ । 

स्रोतका अनुसार, प्रचण्ड एक्काएक्लै भेट नगर्ने पक्षमा छन् । यसअघिका भेटमा भएका सहमतिहरू प्रधानमन्त्रीबाट पालना नभएकाले प्रचण्ड एक्लाएक्लै संवाद गर्न हच्किएको बताइन्छ ।