🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हुम्लाका स्थानीय तहकाे कार्यकारी पदको उम्मेदवारमा दलित समुदाय उपेक्षित

हुम्ला । हुम्लामा सातवटा स्थानीय तह छन् । ती सबै गाउँपालिका हुन् । ती स्थानीय तहका कार्यकारी पद अध्यक्ष, उपाअध्यक्ष र वडाध्यक्षको उम्मेदवारमा दलित समुदायको प्रतिनिधित्व शून्य देखिएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गर्दा दलित नेतृत्व सहज रूपमा स्वीकार नगरिएकाले उम्मेदवारी दर्ता शून्य देखिएको हो ।

जिल्लामा क्रियाशील कुनै पनि दलले दलित अध्यक्ष, उपअध्यक्ष र वडाध्यक्षजस्ता कार्यकारी पदमा टिकट दिएनन् । ताजाकोट गाउँपालिकामा मात्र गठबन्धनबाट वडाध्यक्ष एकजना र स्वतन्त्र एकजना, सिमकोट गाउँपालिका-५ मा एकजना, सर्केगाड गाउँपालिकामा उपध्यक्षमा एकजनाको उम्मेदवारी दर्ता भएको छ । अन्यि ठाउँमा भने दलित समुदायबाट उम्मेदवार शून्य देखिएको छ ।  

माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत सामाजवादीको संयुक्त गठबन्धन र एमाले र स्वतन्त्र उम्मेदवार गरी अध्यक्षमा ३६ र उपाध्यक्षमा ४३ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २३०, दलित महिला सदस्यमा १०९, महिला सदस्यमा १७३, सदस्यमा ३५० गरी जम्मा ९४१ जनाको उम्मेदवारी परेको छ ।

यति ठूलो संख्यामा उम्मेदारी दर्ता भए पनि कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व अपेक्षा गरिएअनुसार हुन सकेको छैन ।