काठमाडौं । नवनियुक्त ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बिहीबार राष्ट्रपतिनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई शपथ ग्रहण गराएकाी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए । यही आधारमा राष्ट्रपतिले बुधबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
योसँगै नवनियुक्त मन्त्रीहरूलाई काम गर्ने बाटो खुलेको छ ।



