🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 जनसङ्ख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या छ : मन्त्री ढकाल

काठमाडौँ, २२ असोज  : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताउनुभएको छ ।  विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गर्नुभएको छ ।  विश्वव्यापी रूपमा “दृष्टिप्रतिको आश” भन्ने मूल नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदै छ । 

 सन्देशमा उहाँले  नेपालले अहिले कोभिड १९ को  संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन सबैमा आह्वान पनि गर्नुभएको छ । 

उहाँले स्वास्थ्य सेवा लिन नपाई मर्कामा रहेका सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा नियमित रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थालाई थप सक्रिय हुन अनुरोध गर्नुभएको छ । 
नेपालमा अहिले ९४ हजार २५३ व्यक्ति कोरोना संक्रमित  छन्, जसमध्ये ७२.८% निको भइसकेका र ५७८ जनाले ज्यान गुमाएका छन् । 

विश्व स्वास्थ्य सङ्गठनको आँकडानुसार विश्वमा करीब दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या  छ भने करीब एक अर्बलाई अझै पनि आँखा सेवाको पहुँच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ । यसमा थप करीब दुई अर्ब ६० करोडमा अदूरदृष्टिको समस्या रहेको छ, जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ । 

नेपालमा  सन् २०१२ को सर्वेक्षणले  जनसङ्ख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ । यो समस्या सन् १९८१ को सर्भेक्षणमा ०.८४% जनसङ्ख्यामा रहेको पाइएको थियो । अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाए तापनि जनसङ्ख्या वृद्धि र ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको सङ्ख्यामा त्यति फरक परेको देखिँदैन । (रासस)