🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आज राष्ट्रिय भक्का दिवस, झापाका तीन स्थानीय तहमा सार्वजनिक विदा

झापा । आज राष्ट्रिय भक्का दिवस, सुदूरपूर्वको झापाका भद्रपुर र बिर्तामोड नगरपालिका क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रमहरू गरी विशेषरुपमा मनाइँदैछ । दिवसको सन्दर्भमा यहाँका तीन वटा स्थानीय तहले सार्वजनिक विदा समेत दिएका छन् । भक्का यहाँका आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार हो । उनीहरू यसलाई भाका भन्ने गर्दछन् । 

२०७४ मा कोचिला गाभुर फ्रन्ट नामक संस्थाले पुस २९ लाई राष्ट्रिय भक्का दिवसकोरुपमा मनाउने घोषणा गरेयता हरेक वर्ष झापामा यो दिवस मनाउने गरिएको छ । भद्रपुर नगरपालिका तथा हल्दीबारी र कचनकवल गाउँपालिकाले यो दिवसको सन्दर्भ पारेर स्थानीय विदा समेत दिएका छन् । 

दिवसमा भक्काका विभिन्न परिकार बनाउने र विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउने गरिएको छ । ठाउँ–ठाउँमा विभिन्न खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएका छन् । 

आइतबार राजवंशी समाज विकास समितिले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भक्का दिवस विशेष कार्यक्रम गर्दैछ, सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समेत सहभागी हुँदैछन् । 

राजवंशीहरुको विशेष परिकार भएपनि जाडोयाम सुरु भएसँगै चोक–चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने चलन बसेको छ ।