🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा दुई जना ट्याङ्कर चालक पक्राउ

बारा, २०७७ असाेज १ गते।   पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा २ जना ट्याङ्कर चालकलाई भदाै ३० गते  मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना.७ ख ३९२३ नम्बरको ट्याङकरका चालक जितपुरसिमरा उपमहानगरपालिका-२१ बस्ने २६ वर्षीय राजेश विश्‍कर्मा र ना.७ ख ४०९३ नम्बरको ट्याङ्करका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ नवलपुर बस्ने २९ वर्षीय सन्तोष खड्काल रहेका छ्न् ।

अमलेखगंज डिपोमा निगमको करारनामामा रहेका उक्त ट्याङकरमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा उनीहरुले पेट्रोलियम पदार्थ पेट्रोलमा मिसावट गरी २ नम्बर प्रादेशिक कार्यालय अमलेखगंजमा खाली गर्नु पूर्व जाँच गर्दा मिसावट रहेको पाइएपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर कालो बजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।