नेपाली सेनामा सिग्नल एक अति महत्वपूर्ण अंग हो किनकि हालको युगमा सूचनाको आदनप्रदान बिना केही सम्भव छैन । तर यही सेनाकाे सिग्नलमा हाल बेथिति देख्दा दुख लाग्द छ । पूर्णचन्द्र थापा चीफसाबले नेपाली सेनालाई सबल र सक्षम बनाउन जुन कदम लिई राख्नु भएको छ ती सबै स्मरणीय छन् । त्यसैले एक पटक सिग्नलमा भएका मनपरीतन्त्रलाई हेर्दिनु पर्यो । सत्यतथ्य छानविन पनि गर्न माग गर्दछाैं ।
सिग्नलले कहिले पनि एउटा स्थिर कमाण्डर पाएको छैन । कमाण्डर भएर आएकाहरुको पनि खाली आफ्नै दुनो सोझ्याउन व्यक्तिगत काममा मात्र बिजी भए । कमाण्डरले आफू अन्तरगत रहेका अन्य दर्जा सबको जिम्मेवारी लिनु पर्ने हो तर यस्तो भएको अहिलेसम्म महसुस भएन । सिग्नलमा भएको पोष्टिङ्गको होस् या कोष छनौट विधि होस या अन्य कुनै कुरा । सिग्नलमा जसको हालीमुहाली छ उसको नै रजाइँ भइरहेको अवस्था छ ।
सिग्नलमा रहेका अन्य दर्जाहरुको के परिवार छैन, के हामीलाई राम्रो ठाउँमा पोष्टिङ्ग जान मन छैन र ? के हामीलाई मात्र कोरोना लाग्ने हो ? के सिग्नल भनेको १-२ जना अधिकृत विमल अधिकारी, श्याम बढाथोकी, शिशिर पाण्डे, सनत थिङ् र केही पदिकको मात्र माेजमस्ती गर्ने थलाे हो र ? पदिकहरुको काम गर्दिए मात्र आउट जान पाईने नियम कहाँबाट आयाे ? सिग्नलमा रहेका अधिकृतहरुलाई आफ्नै मात्र पीर छ । अनि पदिकहरुको रजाइँ भइरहेको छ ।
हाम्रो पोष्टिङ्ग हर्ने अनि पोष्टिङ्गको बारे हामीलाई नीति नियम सुनाउने श्याम मेजर सिग्नलको बाहिनीमा बसेको ७-८ बर्ष भयो उहाँको कहिल्यै पोष्टिङ्ग नआउनुको रहस्य के हो ? हाकिमको सेवा गर्नै पर्ने हो रै छ । सिग्नलमा आउने प्राय: जसो अधिकृतले सर्वेश्वरको हावा चाखेका नै छैनन् तर रिटायर्ड हुने बेला हुन लागि सक्यो । सबै अधिकृत र पदिकहरुलाई सबै गणहरुमा एक राउण्ड घमाउनु पर्यो ।
आर्मी हेडक्वाटरमा बत्ति बल्छ भन्ने सुनेका थियाैं खै त त्यो बत्ति ? कि जल्यो ? हाकिमलाई मिलाको भरमा अनि घरायसी काम गरेको भरमा नै पोष्टिङ्ग हुने हाे ? । प्रदीप कर्साबले त झन् काठमाण्डौ नछाडेको नै जुग भई सक्यो र अब फेरि बाहिनी रे ।
अब उहाँको आसेपासे, रनर, डाईभर सब बाहिनी आउने होला फेरि ।गणबाट बाहिनीमा बसेका सबै अधिकृतको रेकर्ड छानबिन हुन अति आवश्यक छ । सन्तोष जर्साब आउनु भए पछि सिग्नलमा केही परिवर्तन होला भन्ने सोचिएको थियो । तर उहाँ आफ्नै काममा बिजी र यी सबलाई च्यापेरै बस्नु भयाे र हिंड्नु भयाे । हामी अन्य दर्जालाई त हर्स न बिस्मात ।
सिग्नलमा पुरानो फटिके र चापलुसी बाज जस्ता अधिकृत र रहिथाने पदिकहरुको काम छैन । चीफसाब, विश्वको माग र समयसंग चल्नको लागि सिग्नलमा अत्याधुनिक प्राविधिक ज्ञान भएका र नयाँ प्रविधि अध्ययन गरेका, भिजेका अन्य दर्जाहरुको विकास गर्न अति आवश्यक छ । सिग्नलमा कुन चाहिं अधिकृतलाई सिग्नलको ज्ञान छ । एउटा रेडियो सेट खोल्न नआउने अधिकृतहरु छन् । पदिक त भुँडी हाल्ने बसेको हो ?
आइटी शाखाले सिग्नलको तुलनामा कति विकास गरिसक्यो ? IT का अधिकृत र पदिकहरु सब फिट छन् । हाम्रा अधिकृत चाहिं रक्सी मै रमाएका छन् । अनि कसरी सिग्नलको विकास हुन्छ ? हरिहर मेजरसाबको ताल हेर्दै थाहा हुन्छ । तपाईको इतिहास सब हामीलाई नि थाहा छ ।
उहाँ स्टाफ कलेज गरेर आए पश्चात राजा झै हुनु भाको छ । स्टाफ कलेजमा फोहरी गाली गर्ने, मातेर रमन घुम्न, अरुलाई होच्याउन, मै हुं भनेर हिंड्न मात्र सिकाउं छ कि के हो । हो भने रविन्द्र कर्साब त फेरि त्यस्तो हुनुहुन्न ।
गणेशदलको गणपति भन्दै नहिड्नुस्, तपाई पनि फेरि दशा बिग्रेको बेला अहिले काण्ड लागेर जानु भाको जर्साबहरु जस्तै जानु होला । बिमल मेजर साब तपाई पनि आफ्नो बोलीमा सुधार ल्याउनुस् । मात चढेकाे समयमा धेरै फोहाेरी कुरा नबोल्नस । हामी पनि नेपाली सेनाको सिपाही हौं । हामी कसैको तथानाम गाली खान आएका हैनाै ।
चिफसाब, सिग्नलमा रहेका जुकाहरुलाई फाल्दिनु पर्यो र हामी अन्य दर्जाको पनि पीडा सुन्दिनु पर्यो । हामी रहे पो सिग्नल रहन्छ र सिग्नल रहे पो हामी रहन्छम । जय देश, जय नेपाली सेना, जय सिग्नल………!!!!!



