हाम्रो जस्तै अविकसित राष्ट्रमा ५० देखि ६८ वर्षका बुढाबुढीलाई बाँच्नै गाह्रो भएको छ । उद्योग, कलकारखाना नेताले नै बेचि खाई सके, हामी जस्ताले श्रम गर्न सक्ने ठाउँ छैन । न विदेशीले पत्याउछ न स्वदेशी ठेकदारले पत्याउछ । पत्याए पनि ज्यामी काम गर्न नसक्ने भएपछि होटल व्यवसाय ज्यान पाल्ने काम गरिएको छ । तर, सटर भाडा नै तिर्न सकिएको छैन । नगर बसका गुरुहरु गाडी ग्यारिजमा राखेर खाना खान आउँदा रातको ९ बज्छ । ९ बजे नै, प्रहरी आएर सटर बन्द गर छिटो बन्द गर भन्छन् । हामी ५० देखि ६८ बर्षको उमेरका वृद्ध अति भन्दा अति बिचलित भएका छौँ । अझै बिचलित हुनु पर्ने देखिन्छ ।
व्यक्तिगत ऋणको भार, राष्ट्रले बोकाएको ऋणको भारी बिसांउने चौतारी भत्काईसके नयाँ चौतारी बनाउने राष्ट्र चिन्तक को जन्मिएला खै ? हामीले आश गर्ने व्यक्ति यस देशले जन्माएको छ, जस्तो लागेन । किनकि स्वतन्त्र महानगर प्रमुख बालेन्द्र शाह समक्ष राष्ट्रको बिकास यसरी गर्नुस् भनेर सल्लाह सुझाब लेख लेखेर पत्रिका पठाएँ । फेसबुकमा पठाएँ वास्तै भएन । कुहिने वा नकुहिने फोहोर छुट्याएर राख्नु भन्ने सूचना महानगरवासीलाई आएको थियो । २०७९ साल साउनबाट यो कार्यन्वयनमा आएको छ । शहरकै धेरै स्थानमा सडक पेटी बिगारेर विद्युतीय तार अण्डरग्राउन्ड कार्यले कतिपय स्थानमा खाल्टाखुल्टी देखिन्छन् मिसिन ल्याइ २ हात गहिरो पारिएको छैन । तार वा पाइप विच्छ्याएपछि त्यहीँ गाडीको चक्का भासिन्छ बिद्युतीय पाइप यत्रतत्र छरिएका छन् भने स्वयम्भुदेखि बनस्थलीसम्मको बाटो वा सडक पेटी भत्काईएको छ ।
महानगरको नयाँ बजारको नयाँ पुलदेखि स्वरखुट्टे निस्कने सडक पेटीको अवस्था झन दयनीय नै छ, नेपालका ठूला दलका नेता त पहिलेदेखि राष्ट्रको संरचना भत्काउँदै आएका हुन, भत्काउँदै छन् मात्र हैन नेताले नै अर्को राष्ट्रको व्यक्तिलाई शक्ति हस्तान्तरण गर्न मात्र नभई राष्ट्रवासीको टाउकोमा थेग्नै नसक्ने ऋणको भार बोकाई अन्य राष्ट्रमा ऐश आराम गर्न खोजेका छन् । नेताहरु यस्तो अवस्था रोक्न मैले कति पटक सुझाबको पोको बोकेर रवि लामिछानेलाई भेट्न न्युज ट्वाण्टी फोर, ग्यालेक्सी फोकेमा गएँ तर भेट हुन सकेन । मेरो गुनासो पनि सुनेन् ।
अहिले फेसबुक खोली हेर्दा रवि लामिछानेको भाषण सुनें, यस्ता भाषण त ओली, नेपाल, प्रचण्ड, कोइराला, गणेश, बि.पी., चित्र केसी, बाबुराम जस्ता वयक्तित्वहरुले रत्नपार्कको चारैतर्फ माइक जडान गरी शहर वा राष्ट्र भरिकाले सुन्ने गरी मिठामिठा भाषण गरेका हुन् नि । तिनीहरुका भाषणले हामी गरिब जेहेन्दार व्यक्तिहरुको अवस्था झन श्रीलङ्का नजिक पुगिसकेको महसुस हुन्छ । तपाई नेताहरुलाई थाहा छ, राणाहरुले के गरेनन् राष्ट्रको संरक्षणका लागि । गाउँठाउँ कोनाकोपचामा दरबार बनाई बसे डाँडाकाँडा, पहाड पर्वतमा बसी कलाकृति बनाए भने मन्दिर नै मन्दिरको देश नेपाल बनाएर अहिले पर्यटक, आकर्षण केन्द्र बनेका छन ।
१० वर्षे मानव संहार क्रान्ति गर्नु भयो बाबुरामले । अन्तिममा राष्ट्रको विकास गर्न भनेर मधेशवादी दलमा प्रवेश पार्नु भयो । अहिले सुन्दैछु तपाई फेरि जनतालाई मिठास दिएर जिम्मेवार पदमा पुग्छु अनि राष्ट्रको विकास गछर््ु गरिबी अन्त्य गर्छु नभन्नुस् किनकि तपाईलाई हरेक कार्य कार्यगर्न रोकावट आउछ । हुने बिरुवाको चिल्लो पात भने झै तपाई पनि चिल्लोपात बनिदिनुस् दलहरु चहार्नु भएन । किनकि तपाई जस्तो राष्ट्र चिन्तक भेट्न सकेको छैन । तपाई जन्मिएको राष्ट्रको ठुलो पदै पाउनु ठुलो कुरा होइन । किनकि तपाई पढेलेखेको व्यक्ति हुनुहुन्छ । तपाई पदमा पुग्नु हुन्छ आँटेको कार्यलाई कार्यान्वयन गर्न पाउनु भएन भने अर्थ रहँदैन ।
तपाईलाई थाहा छ कि प्रचण्ड कुनै राष्ट्रको खेलौना बनेका थिएनन् भने १० बर्षको अन्तरालभित्रै आर्थिक क्रान्ति गरिसक्थे । किनकि बाबुराम प्रचण्ड अनि माओवादी भनाउदाले देखिसकेका थिएकि नेपाली कांग्रेसले जनमुक्ति सेना खडा गरेर क्रान्तिको ढ्वाँग फुकिसकेका थिए । कम्निष्टले झैं नै क्रान्ति गरिसकेका व्यक्ति हुन् कांग्रेसीहरु । कांग्रेसीहरु त देश लुट्न वा राष्ट्र खोक्रो पार्न मात्र नभई सबै लुटेरा बनि एमसिसिको नाममा देश नै अन्तराष्ट्रलाई भनौ अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई हस्तान्तरण गर्न छोटो बाटो अपनाए । प्रचण्डले भारतमा वार्ता गरेको देश बनाउन होइन आफू कसरी प्रधानमन्त्री बन्ने भनेर योजना बुन्न २०७९ असार ३१ गते नयाँ दिल्ली पुगेका हुन् ।
मैले त सुनेको छु, राप्रपा छिरेका ज्ञानेन्द्र शाही, नागरिक अगुवा भनिने चर्चित पत्रकार र सम्पादकहरु, कुनै पनि पार्टीका नेता, आर्मी, प्रहरी, राष्ट्र सेवक सचिवहरु चर्चित व्यक्तित्वहरुले एमसिसिको रकम खाईसकेका छन् भनेर ।
बालेनले स्वतन्त्रबाट जित्नु भई महानगर प्रमुखको पदमा बहाली हुनु भएको एक डेढ महिना भैसक्यो होला । जाबो फोहोर तह लगाउन नसक्नु, बिडम्बना नै भन्नु पर्छ । तपाईमा राष्ट्र डेभ्लप गर्न सक्ने भिजननै छैन रैछ । यदि भिजन थियो भने नगरभरिको फोहोरलाई राष्टूको सम्पत्तिको रुपमा परिणत भैसक्थ्यो । राष्ट्रमा केही गरेर देखाउँछु भन्ने व्यक्तित्वको प्रत्येक अङ्ग अङ्गमा भिजन छरिएर बसेका हुन्छन् कार्यान्वयन गर्न सक्नु पर्छ । यदि राष्ट्र डेभ्लप वा नगर डेभ्लप गर्न सक्ने भिजन तपाईहरुसंग छैन भने मसंग भिजन छ ।
राष्ट्रिय सम्पत्तिको सदुपयोग गरौँ आत्मा निर्भरतामा बाचौँ बाँच्न सिकाउ लम्पसारवाद अन्त्य गरौँ जनतालाई माग्ने वा भिखारी बनाई बेइज्जती नकमाऔं इज्जत कमाऔं, यो लेख अध्ययन गरिदिनहुन अनुरोध गर्दछु । (यो लेख कस्तो लाग्छ प्रतिक्रिया पठाउन अनुरोध गर्दछु ।) –मिठाराम पौड्याल, जफे–६, दोलखा



