🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बोक्सीको आरोपमा कुटपिट गर्ने आमाछोरीमाथि मुद्दा

लहान, २१ पुस  : कथित बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा लहान नगरपालिका–२१ खोरिया टोलबाट पक्राउ परेका आमाछोरीमाथि प्रहरीले मुद्दा चलाएको छ ।

बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरेको भन्दै स्थानीय ३८ वर्षीया रीतादेवी दासले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको ३५ वर्षीया इनरदेवी दास र उहाँकी १८ वर्षीया छोरी निलम दासमाथि मुद्दा चलाएको हो ।

बोक्सी आरोपमा कुटपिट गर्ने आमाछोरीमाथि सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत सिरहामा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेशचन्द्र ठकुरीले जानकारी दिनुभयो ।

गत शनिबार लहान बजारबाट घर फर्किरहेका बेला बेलुकी ७ बजेतिर बोक्सी लगाउने तिमी नै हो, मेरो घर परिवारका सदस्यलाई रोगी बनाउने तिमी नै हो भन्दै इनरदेवी र उहाँकी छोरी निलमले आफूलाई निर्घात कुटपिट गरेको पीडित रीतादेवीले बताउनुभयो ।

शुरुमा इनरदेवीले भुइँमै पछारे, त्यसपछि निलम र इनरदेवीले निर्घात कुटपिट गरेको रीतादेवीको भनाइ छ ।

बोक्सीको आरोपमा आफूमाथि पटकपटक कुटपिट गर्दा गाउँमै छलफलबाट मिलाउने गरेको भन्दै रीतादेवीले यस पटक आफू कानूनी उपचारका लागि प्रहरीमा आएको बताउनुभयो ।

महिला सम्पर्कविहीन भएपछि परिवार चिन्तित

लहान नगरपालिका–२४ बस्तीपुरकी एक महिला डेढ महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन् ।

बस्तीपुर निवासी महेन्द्र यादवकी कान्छी पत्नी आशादेवी यादव आफ्ना दुई वर्षीय छोरासहित विगत डेढ महिनादेखि बेपत्ता भएपछि परिवारजन चिन्नित बनेका हुन् ।

जेठी श्रीमतीका छोराबुहारीसँग विवाद भएपछि आशादेवी आफ्ना काखे बालकसहित बेपत्ता भएको उनका पति महेन्द्रले जानकारी दिए  ।

बेपत्ता भएकी आफ्नी पत्नी र छोरालाई खोजी गरिदिन इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए पनि हालसम्म फेला नपरेको महेन्द्रले बताए । यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले सम्पर्कविहीन भएकी आशादेवीको खोजी भइरहेको बताएका छन् । रासस