🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुटपिट गरी  हत्या गरेको अभियोगमा ५ जना पक्राउ

सुनसरी, २०७७ भदौ २ गते । भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने २२ वर्षीय गुणराज यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४२ वर्षीय दिनेश महत्तो, २० वर्षीय पप्पु राम, १९ वर्षीय शिव कुमार मेहता, १९ वर्षीय दिपक कुमार यादव र १९ वर्षीय प्रदिप राम रहेका छन् ।

गत साउन ३१ गते सोही गाउँपालिकास्थित सुनसरी खोलामा प्लाष्टिकको बोराभित्र करिब ५० केजीको ढुंगासहित बोराको मुख बाँधेर खोलामा फालेको अवस्थामा गुणराजको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उनीहरुकै घर ठेगानाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

साउन २९ गते दिउँसो गुणराज घरबाट मोबाइल पसलमा काम छ भन्दै साथी शिव कुमार मेहतासँग इनरुवा बजार गएको, दुबै जनाले सोही ठाउँस्थित पारिजात स्कुल छेउमा मदिरा सेवन गरी गुणराजलाई इन्द्रजित यादवको घर पुर्‍याई शिवकुमार घरतर्फ गएपछि गुणराज ईन्द्रजितको घरमा केहिबेर बसेर आफ्नो घर जान भनि हिँडेकोमा घर नपुगेको र स्थानीयले भोलीपल्ट धान बारीमा रगत जस्तो पदार्थ देखेर जानकारी गराएपछि खटिएको प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

स्थानीय युवतीबीचको प्रेम सम्बन्धलाई लिएर सोही ठाउँस्थित घन्सी बारीमा लुकेर बसेका उनीहरुले गुणराजलाई संवेदनशील अंग तथा टाउकोमा प्रहार गरी कुटपिट गर्नुको साथै नाईलनको डोरीले घाँटीमा बाँधेर हत्या गरी बोरामा ढुंगा र शव समेत बाँधी उक्त खोलामा फालेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  

घटनास्थलबाट प्लाष्टिकको डोरी, चप्पल, पप्पुको हातमा लगाउने माला, प्रदिपको घाँटीमा लगाउने मालाका दानाहरु, मृतक गुणराजको औंठी, चोकरको बोरा, प्लाष्टिकको डोरी, मृतकको झोला लगायतका सामान बरामद भएको छ ।

उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट ३ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।