🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

४३ लाख नगद (चेक)सहित तास खेलिरहेका ११ जना पक्राउ

काठमाडौं, २०७७ साउन १४ गते ।  सोलुखुम्बु, सोताङ गाउँपालिका-५ बस्ने गणेश राईको घरमा जुवातास खेलिरहेका सोही गाउँपालिका-४ बस्ने ३७ वर्षीय दुर्गा प्रसाद राई लगायत ४ जनालाई नगद १४ लाख ६५ हजार रुपैयाँ, २९ लाख रुपैयाँको ४ थान बैंक चेक र तास सहित  साउन १३ गते मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    कास्की, पोखरा महानगरपालिका-१९ लामाचौर ठुलीपोखरी मार्ग बस्ने ४० वर्षीय सुनिल गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई नगद ४३ हजार ३ सय १५ रुपैयाँ र ४ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।