मोरङ, श्रावण १४ गते । मोरङको बिराटनगर महानगरपालिका-११ का ३६ बर्षीय गोपाल कामतको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा बुढीगंगा गाउँपालिका-३ बासबारी चोकमा रहेको मिठाई पसल अगाडी टेन्ट लगाउने क्रममा अचानक हाईटेन्सन लाईनमा टच हुन गई करेन्ट लाग्दा घाईते भएका कामतलाई बिराट मेडिकल कलेज गंगा चोक पठाईएकोमा उपचारको क्रममा निधन भएकाे छ ।
साँढे १० बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



