🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतबाट ल्याइएको ५८२० के.जी. माछा बरामद पछि नष्ट 

सुनसरी, श्रावण ०५ गते । जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५८२० के.जी. माछा बरामद गरी नष्ट गरेको छ । २०७७ साउन २ गते  शुक्रबार अपरान्ह ५ बजे इनरुवा-४ बाट भारतीय नम्बर प्लेटको WB 25 J 6141 नम्बरको ट्रकमा लोड गरी ल्याएको माछा प्रहरीले बरामद गरेको थियाे।


 विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको उक्त ट्रक प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतबाटै ल्याएको उक्त परिमाणको माछा फेला पारी बरामद गरेको थियाे ।

भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित गरिएको माछा ल्याईएको फेलापरेपछि ट्रक सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

  बरामद ट्रक र ट्रक चालक भारत पश्चिम वंगाल स्वरुप नगर बस्ने २४ वर्षीय मो. इमामुल गोल्दारलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सेतु वन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको र बरामद गरिएको माछा पशु पंक्षी तथा मत्स्य विकास निर्देशनालयको रोहोवरमा खाडल खनेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।