🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शिक्षामन्त्री श्रेष्ठको प्रश्न- विद्यार्थीलाई राजनीति मात्र सिकाउने की काम गर्न पनि सिकाउने ?

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी भर्ना गर्ने योजना बारे संसदमा स्पष्ट गरेकी छन् । मन्त्री श्रेष्ठले सुशासन ऐनमा टेकेर प्रशिक्षार्थी भर्ना गर्ने कार्यविधि बनाएको बताउदै युवा विद्यार्थीहरुलाई काम गर्न सिकाउन यो व्यवस्था गरेको बताएकी छन् ।

के विद्यार्थीले राजनीति मात्र सिक्ने भन्ने प्रश्न गर्दै शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीलाई काम गर्न सिकाउनु पर्नेमा जोड दिएकी छन् ।

उनले आवश्यकता र विद्यार्थीको रुची अनुसार, गोप्य सूचनामा पहुच नहुने गरि राज्यलाई अतिरक्त भार नपरी, मापदण्ड बनाएर कर्मचारीकै नेतृत्वमा संचालन गरिने बताइन् ।

साथै मन्त्री श्रेष्ठले विद्यार्थीलाई न्याय हुने कुरामा राजनीति नगर्न समेत आग्रह गरेकी छन् । उनले संसदमा सांसदहरुले उठाएका शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ समेत दिएकी थिइन् ।