🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बैंकिङ कसुर मुद्धाका फरार मधुसुधन सिलवाल पक्राउ

काठमाडौं, २०७७ साउन ५ गते । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी भक्तपुर बालकोट ठेगाना भएका ५६ वर्षीय मधुसुधन सिलवाललाई भक्तपुर सिद्धपोखरीबाट साउन ४ गते आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सिद्धार्थ डेभलपमेण्ट बैंकको, बैंकिङ कसुर सम्बन्धी मुद्दामा बैंकका तत्कालीन संचालक समेत रहेका मधुसुधन २०७० असार ४ गते पक्राउ परी अनुसन्धान गरिएकोमा उच्च अदालत पाटनको २०७० साउन ११ गतेको आदेशले ३० लाख धरौटी माग भएकोमा धरौटी रकम तिरी तारेखमा रहेका थिए ।

मधुसुधनले अदालतको म्याद गुजारी बसेको हुँदा २०७३ असोज ४ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम २ वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत हुने फैसला भएको थियो ।

 यसैगरी सोही बैंकको बैंकिङ कसुर सम्बन्धी अर्को मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत २४ गतेको फैसला बमोजिम ३ वर्ष कैद र १ करोड जरिवाना फैसला भएकोमा दुबै मुद्दामा दोषी करार भई फरार रहेका  थिए ।

निजलाई आवश्यक कारवाहीका लागि साउन ५ गते सोमबार जिल्ला अदालत भक्तपुर पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।