🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल–भारत सम्बन्ध सुध्रिन्छ, तर वातावरण सहज भएपछि : रञ्जित रे 

काठमाडौं । आफूलाई नेपालकै सबैभन्दा राट्रवादी नेता देखाउन प्रधानमन्त्री केपी शर्मा ओली भारतविरुद्ध सिलसिलेवर प्रस्तु भएको आरोप पूर्व भारतीय राजदूत रञ्जित रेले लगाएका छन् । साथै उनले तिक्त नेपाल–भारत सम्बन्ध सुधारको अवस्था तत्काल नरहेको ठोकुवा पनि गरेका छन् । 

नेपालमा रहँदा निकै सक्रिय र विवादित रेले एक भारतीय डिजिटल पत्रिकामा प्रधानमन्त्रीको एकपछि अर्को भारतलक्षित अभिव्यक्ति र द्विपक्षीय सम्बन्धमा त्यसले पारेको प्रभावबारे विश्लेषणको प्रयास गरेका छन् । जसमा उनले उग्र कमेन्ट गर्दै ओलीले भारतलाई उक्साउन खोजेको आरोप लगाएका छन् । 

नेपाल–भारत सम्बन्ध के होला भन्ने जिज्ञासा पनि यतिबेला छ । रेले यसबारे उल्लेख गर्दै एउटा सहज वातावरण नभएसम्म सम्बन्ध सुधार नहुने विश्लेषण निकालेका छन् । 

‘भारतले नेपालसँगको सम्बन्ध सुधार्न सहज वातावरण नभएसम्म पर्खनु उपयुक्त हुन्छ,’ रेले आफ्नो लेखमा लेखेका छन् । 
 । 

नेपाल–भारत सम्बन्ध सरकारको तहभन्दा पनि माथि रहेकाले कसैले बिगार्न चाहँदैमा त्यसमा खलल नपुग्ने ठम्याइ रेको छ । 

ओली भारतविरुद्ध खनिए पनि उनको धरातल कमजोर रहेको र यसले निरन्तरता नपाउने रेको बुझाइ छ । ओलीको भारत विरोधी  पछिल्लो अभिव्यक्तिको परराष्ट्र मन्त्रालयबाट खण्डन हुनुलाई उनले त्यसको दृष्टान्तका रूपमा प्रस्तुत गरेका छन् ।

त्यस्तै अयोध्याबारे बाबुराम भट्टराई, वामदेव गौतमलगायत नेताले जनाएको आपत्ति र सामाजिक सञ्जालको रुझानलाई पनि उनले ओलीको दम कति छ भन्ने प्रष्ट्याउन उल्लेख गरेका छन् । 

‘नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको कूटनीतिक पत्रले प्रधानमन्त्री ओलीको टिप्पणीको विरोधाभाषबारे बोल्दैन,’ रेले लेखमा उल्लेख गरेका छन्, ‘तर विवाह पञ्चमीमा अयोध्या–जनकपुरको विवाह प्रक्रियाका साथसाथै सन् २०१८ मा भारतीय र नेपाली प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको रामायण सर्किटमा यी दुई शहरबीचको बस सञ्चालनको कुरालाई उल्लेख गर्दै प्रधानमन्त्री ओलीको भनाइको खण्डन गरेको पाइन्छ ।’ 

प्रधानमन्त्री ओली किन भारतविरुद्ध खनिए भन्ने विषयलाई पनि रेले आफ्नो लेखमा समेटेका छन् । यसो हुनुमा केही कारणले काम गरेको हुनसक्ने उनको बुझाइ छ । 

भारतीय टेलिभिजन च्यानलहरूले प्रधानमन्त्री ओलीको अपमानजनक स्टोरी बनाउनु, भारतले नेपालको सांस्कृति अतिक्रमण गरेको बुझाइलगायतलाई रेले यसको उपज मानेका छन् ।