🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीन हजार घुस खाने मालपोतका सुब्बाकाे  जागिर चट 

काठमाडाैं । मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दीपक सुवेदीले सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भनी विभिन्न बहानामा घुस/रिसवत माग गरिरहेको भन्ने व्यहोराको उजुरी तथा प्राप्त सूचना समेतका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,  पोखराबाट खटिई गएको टोलीले निज दीपक सुवेदीलाई रु.३,०००/-(तीन हजार) घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिएको थियाे  ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, लेखनाथ कास्कीमा रजिश्ट्रेशन फाँटमा कार्यरत नायब सुब्बा दीपक सुवेदीले सेवाग्राहीसँग बैंकबाट कर्जा निकाल्ने प्रयोजनार्थ जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भनी रु. ३,०००।– (तीन हजार) घुस/रिसवत लिएको तथ्य पुष्टि हुन आई राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज दीपक सुवेदीलाई बिगो रु. ३,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई २०७७ जेठ ३२ गते विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।