काठमाडाैं । नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको २०७७ जेठ ३१ गते साँझको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ ।
दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक २०७७ जेठ ३१ गतेको प्रतिनिधिसभा बैठकबाट पारित गरेको छ ।
प्रतिनिधिसभामा २७५ काे संख्या रहेकाे छ । २७५ मध्ये २५८ सदस्य मात्रै प्रतिनिधि सभाकाे बैठकमा उपस्थित भएर एकमतका साथ मतदानमा भाग लिएर राष्ट्रकाे पक्षमा एकता प्रदर्शन गरेका छन् । बाँकी १७ जना सांसदकाे अवस्था के रह्याे त भन्ने जिज्ञासा सर्वत्र रहेकाे पाइन्छ ।
१६ जना अनुपस्थित मध्ये हाल चारजना सांसदहरू विजयकुमार गच्छदार, मो. आफताव आलम हरिनारायण रौनियार, रेशम चौधरी निलम्बित रहेका छन् । जसले संसदकाे बैठकमा भाग लिन पाउँदैनन् ।
के के कारणले हाे २०७७ जेठ ३१ गतेकाे प्रतिनिधि सभाकाे संविधान संशोधनकाे ऐतिहासिक बैठकमा १२ जना सभासदहरू अनुपस्थित रहेकाे जानकारी हुन आएकाे छ ।
अनुपस्थित हुने सांसदहरुमा अमृतादेवी अग्रहरि,गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल सरिता गिरी, सूर्यनारायणण यादव र सूर्यबहादुर केसी, हरिबोल गजुरेल र ज्ञानकुमारी छन्त्याल रहेकाे नामावली सार्वजनिक भएकाे छ । सभामुख अग्नि सापकाेटालाई मत दिने अधिकार हुँदैन ।
प्रतिनिधि सभामा कुल सांसद- २७५,कुल उपस्थित सांसद- २५८ र प्रस्तावको पक्षमा २५८ नै सर्वसम्म भएर मतदान गरेका छन् । संशोधनका लागि आवश्यक दुई तिहाइ हुन आउने संख्या- १९१ रहेकाे छ ।
प्रस्तावको विपक्षमा शून्य मत का साथै मत दिन्न भन्नेकाे संख्या पनि शून्य नै रहेकाे । नेपालकाे संसदीय इतिहासमा याे नै पहिलाे घटना हुन सक्छ, विपक्षमा शून्य मतकाे रेकर्ड कायम भएकाे छ ।



