काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद चाहिने संवैधानिक व्यवस्था छ । तत्कालीन अवस्थामा एमाले अध्यक्ष केपी ओलीको पक्षमा दुई तिहाई भन्दा अधिक बढी २०६ जनाको समर्थन जुट्ने संभावना देखिएको छ ।
नयाँ सरकार गठनका लागि कांग्रेसका ८९, एमाले ७८, राप्रपा १४, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादवको ५, लोसपा ४, नाउपा ३ गरी घटीमा २०६ सांसदको समर्थन प्राप्त हुने संभावना बलियो देखिएको छ ।
यसैबीच प्रधानमन्त्रीपछि महत्वपूर्ण मन्त्रालय मानिएको गृहमन्त्रीका लागि नेपाली कांग्रेसबाट गृहमन्त्रीका लागि पूर्ण वहादु खड्का, सांसद कृष्ण प्रसाद सिटौला, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की र एनपी साउद्को चर्चा छ । कांग्रेस संस्थापन पक्ष निकट स्रोतका अनुसार, आरजु देउवा निकट र कांग्रेस एमाले समीकरण गराउने प्रमुख पात्र मानिएका कार्की गृहमन्त्री मन्त्री बन्ने संभावना बढेको छ । (साँघु साप्ताहिक, २०८१ असार २४)



