काठमाडाैं । भवानी राणाकाे नेतृत्वमा रहेकाे नेपाल उद्याेग बाणिज्य महासंघकाे कार्यकारिणी समितिकाे पदावधि २०७६ चैत मसान्तमा समाप्त भयाे । २०७६ चैत ११ गतेबाट लकडाउन सुरू भएपछि यसकाे आयु २०७७ असार मसान्तसम्म रहेकाे छ । भवानी राणा, पशुपति मुरारका, शेखर गाेल्छाहरू बाधा अड्काउ खाेल्ने भन्दै आफ्नाे पदावधि अनिश्चितकालसम्म लम्ब्याउने र पदमै टिकिरहने दाउँमा रहेकाे महासंघका एकजना कार्यकारिणी समितिका सदस्यले साँघु न्यूजलाई बताए ।
उद्याेग र उद्याेगी-व्यवसायीहरू नेपालकाे इतिहासमै महासंकट झेल्दैछन् । उद्याेग र कलकारखाना ठप्प हुँदा लाखाै लाख मजदूर र तिनीहरूमा आश्रित परिवार भाेकभाेकै मर्ने अवस्था सिर्जना भएकाे छ। तर, उद्याेगी-व्यवसायीहरूकाे छाता संगठन मानिएकाे नेपाल उद्याेग बाणिज्य महासंघकाे नेतृत्व आफ्नाे पद कसरी जाेगाउने भन्ने चिन्तामा बेखबर रहेकाे अवस्था छ ।
भवानी राणा, शेखर गाेल्छा,चण्डीराज ढकाल, चन्द्र प्रसाद ढकाल, पशुपति मुरारका, किशाेर प्रधान उमेशलाल श्रेष्ठले नेतृत्व गरिरहेकाे नेपाल उद्याेग बाणिज्य महासंघकाे नेतृत्वलाई कुम्भकर्णकाे निन्द्रामा रहेकाे आराेप लगाइएकाे छ ।
महासंघकाे नेतृत्वलाई चुनाैती दिंदै महासंघकै पूर्व वरिष्ठ उपाध्यक्ष तथा संचार उद्याेमी भाष्करराज राजकर्णिकारले भर्खरै सामाजिक सञ्जाल फेसबुकमार्फत महासंघकाे नेतृत्वलाई कुम्भकर्णकाे निन्द्रामा रहेकाे बेजाेड स्टाटस लेखेर ब्युँझाउने प्रयास गरेका छन् । महासंघकाे नेतृत्वलाई कुम्भकर्णकाे निन्द्रा मै मस्त रहेमा उद्याेगी-व्यवसायीहरूकाे हितमा आफूहरू सडक आन्दाेलनमा उत्रिने उद्घाेष समेत गरेका छन् ।
यस्ताे छ, महासंघकै पूर्व वरिष्ठ उपाध्यक्ष तथा संचार उद्याेमी भाष्करराज राजकर्णिकारले २०७७ जेठ २१ गते विहान पाेष्ट गरेकाे फेसबुक स्टाटस-''सरकार के खोज्दैछ ? कारोबार गरेर कर तिर्ने हो, सम्पत्ति बेचेर होइन । यो तानाशाही निर्णयविरुद्ध सडकमा उत्रिन निजी क्षेत्रलाई के ले रोकेको छ हँ ? नेतृत्व दिन नसक्ने हो भने ठाउँ खाली गर हामी जिउँदैछौं … बिर्सेको भए यो तस्बिर फेरि एकपल्ट हेर्ने कष्ट गरौं ….हाम्रै नेतृत्वमा भएको यो 'ऐक्यबद्धता' स्मरण गरौं र केही सोचौं !!! नेपाल उद्याेग बाणिज्य महासंघकाे नेतृत्व र उद्याेगी-व्यवसायी अहिले कुम्भकर्णकाे निद्रामा रहने समय हाेइन । सबैलाई चेतना भया ।''



