🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सडक स्तरोन्नति, पर्यटन र जलविद्युत् मनाङबासीको चासो

\"Image

मनाङ, १० पुसः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि मनाङवासीमा आफ्नो ठाउँको विकासको लागि चासो बढेको छ । 

भौगोलिकदृष्टले दुर्गम क्षेत्रको ‘क’ वर्गमा परेको यस जिल्लाको लागि कस्तो किसिमको विकास आवश्कता परेको भन्ने यहाँका मानिसमा छलफल हुने गरेको छ । 

यहाँका मानिसको मुख्य पेशा कृषि, होटल व्यवसाय र पशुपालन हो । करिब तीन हजार मिटरदेखि चार हजार ६०० मिटर उचाइमा गाउँबस्ती रहेका छन् । यहाँ विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल, चार हजार ६०० मिटर उचाइमा रहेको आइस लेक, गंगापूर्ण ताललगायतका थुप्रै हिमताल मनाङका पर्यटकका रोजाइमा पर्दछन् । त्यस्तै नेपालकै महत्वपूर्ण पदमार्गको रुपमा रहेको अन्नपूर्ण पदमार्ग यसै क्षेत्रमा रहेकाले पनि अझ थप आकर्षणमा रहेको छ । 

यस क्षेत्रलाई बेँसीशहर – चामे सडकले जोडेको छ । मनाङ प्रवेशको एउटा मात्रै मोटर बाटो भएता पनि अग्ला भिर काटेर बनाइको साँगुरो बाटो हुनाले आफैँमा जोखिमपूर्ण छ । 

जोखिम मोल्दै भएपनि पर्यटकहरु र कर्मचारीलगायत सम्पूर्ण मनाङवासी आवतजावत गरिरहेका छन् । मनाङलाई समृद्ध बनाउन जलविद्युत्, वैकल्पिक पदमार्ग र सडक विस्तारको आवश्यकता रहेको स्थानीय होटल व्यवसायी अनिता लामाले बताइन् । 

मनाङ विश्व मानचित्रमा प्रख्यात पर्यटन क्षेत्रका रुपमा चिनिइसकेको भएता पनि आन्तरिक पर्यटकलाई धेरैभन्दा धेरै भित्र्याउँदा नै मनाङको भविश्य उज्वल हुने पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङको भनाइ छ ।