बैतडी, भदौ २६ । एनआईसी एशिया बैंकले बैतडी जिल्लाको पाटन नगरपालिकामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन शाखा भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो ।
बैंकले सञ्चालनमा ल्याएको पाटन शाखाकोे समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरे । पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुले यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।



