🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोना अस्पतालमा इद मनाउन कपडा र सेवई

कपिलवस्तु, ११ जेठ (रासस): लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना भाइरस संक्रमितलाई इदुल फित्रका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ ।  मुसलमानको मुख्य पर्व इद सोमबार मनाइने भएकाले कोरोना संक्रमित मुसलमान समुदायका व्यक्तिलाई अस्पतालले कपडा र खाद्य पदार्थ वितरण गरेको हो । 

कपिलवस्तु र रुपन्देही जिल्लाका मुसलमान समुदायका १२  व्यक्तिलाई नयाँ कपडा, नमाज पढ्दा बिछयाइने मुसल्ला, इदमा खाइने सेवई वितरण गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्रप्रसाद खनालले जानकारी दिनुभयो । उनीहरुलाई बुटवलस्थित धागो कारखानामा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा सामग्री वितरण गरिएको डा खनालले बताउनुभयो । 

उक्त अस्पतालमा उपचारार्थ मुसलमानमध्ये शनिबार चार जना कोरोना जितेर घर फर्किएका छन् । साथै अस्पतालमा रहेका सबै संक्रमितलाई सेवई खाने व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।  कपिलवस्तुका १० संक्रमित निको भएर घर फर्किएका छन् ।

दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ फिजिसियन डा सुुदर्शन थापाले जानकारी दिनुभयो । कपिलवस्तुमा शनिबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएसँंगै जिल्लामा कोरोना संक्रमित ८० पुगेका छन् ।

 साझेदारी वनले  किट खरिद गर्दै 

 कपिलवस्तुका तीन साझेदारी वन व्यवस्थापन समितिले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पिसिआर किट खरीद गर्ने भएका छन् । साझेदारी वन समितिले किट खरीद गरेर गौतमबुद्ध डिभिजन वन कार्यालय क्षेत्रअन्तर्गतका किट आभाव भएका शिवराज, कृष्णनगर, महाराजगञ्ज र बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकालाई किट प्रदान गर्ने भएका छन् ।  

 कपिलवस्तु साझेदारी, शिवराज साझेदारी र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले रु १५ लाखको पिसिआर किट खरिद गर्ने निर्णय गरेको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दुर्गाबहादुर कार्कीले जानकारी दिनुभयो । 

जिल्लाका पालिकामा किट अभाव भएकाले किट खरीद गरी  पाँच पालिकालाई हस्तान्तरण गरिने वन अधिकृत कार्कीले बताउनु भयो । बैठकले कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका अध्यक्ष गंगेशनाथ तिवारीको अध्यक्षतामा किट खरिद तथा वितरण समिति गठन गरी खरीद प्रक्रिया अगाडि बढाएको छ । 
–––