🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अन्नपूर्णका सम्पादकहरुबीच बोलचालै बन्द !

काठमाडौं । कोरोना महामारीको मार खेप्दै प्रकाशन भइरहेको अन्नपूर्ण पोष्टमा सम्पादकहरुबीचमा आपसी झगडा र असहयोग चुलीमा पुगेको खबर छ । लकडाउनले कार्यालयमा खासै उपस्थिति नभएपनि सम्पादकहरुबीच खासै बोलचाल भएको छैन । त्यसले समाचार संकलन, सम्पादन  र  दैनिक प्रकाशनमा समेत समस्या बढ्दै गएको छ ।

प्रधानसम्पादक हरिबहादुर थापा र अनलाइनका सम्पादक विष्णु सुवेदीसँग अर्का सम्पादक अखण्ड भण्डारीको बोलचालै हुन छाडेको एक पत्रकारले बताए। अन्नपूर्णमा प्रधानसम्पादक थापा र ७ जना अरु सम्पादक कार्यरत रहेका छन् । 

झगडाको मूल कारण पत्रिकामा छापिने विषयवस्तु र कोरोनाका बेला पत्रकारलाई दिइने सुविधाबारे रहेको पत्रकारहरु गुनासाे  सुनाउँछन् । भाषा सम्पादनमा निपूर्ण रहेका सम्पादक भण्डारी व्यवस्थापकीय काममा समेत दखल राख्छन् । 

लकडाउनमा तलब, सुविधाको व्यवस्थापन गर्ने विषयमा भने भण्डारीलाई एक्लो पारिएको छ । राम्रो काम गर्दागर्दै आफू खेदिएको र आफू विरुद्ध षडयन्त्र भएको गुनासो उनले साथीहरूसंग व्यक्त गर्न थालेका छन् ।

प्रधानसम्पादक थापा मात्र होइन, अरु सम्पादकहरुसँग पनि भण्डारीको खासै कुराकानी नभएको स्रोतको दावी छ । केही सातादेखि भण्डारीलाई जिम्मेवारी पनि तोकिएको छैन ।

आफूलाई घेराबन्दीमा पारिएको, संस्थाको भलोमा काम गर्दागर्दै पनि सहकर्मीहरुले साथ नदिएको भन्दै सिइओ मानस घिमिरेमार्फत उनले आफ्नो सन्देश प्रालिका अध्यक्ष रामेश्वर थापासमक्ष पुर्याएको थाहा भएको छ । सबैभन्दा बढी चित्तदुखाई आफूले गरेको निर्णय कार्यान्वयन नहुनुमा रहेको भन्दै उनले सन्देश पठाएकाे चर्चा अन्नपूर्ण टावरमा हुने गरेकाे छ । 

केही अघि सहकर्मीहरुले ग्रुप च्याटमा आफूविरुद्ध नानाथरी लेखेको भन्दै भण्डारी एक्लैले डेस्कमा प्राय सबै सहकर्मी र फोटोग्राफर विकास कार्कीसहितलाई कारवाहीको लागि स्पष्टीकरण सोधेको एकजना पत्रकारले सुनाए । 

महासंकटकाे घडीमा  परिआए पत्रकारहरुले स्वयंसेवक भएर पनि काम गर्नुपर्छ भनी भण्डारीले सम्पादकहरुबीच धारणा राखेकाे  बताइन्छ । त्यो अभिव्यक्तिलाई लिएर डेक्स र अन्य शाखाका पत्रकाहरुले गलत रुपमा चित्रित गरेको र काम गर्ने वातावरण खल्बलाएको भण्डारीको गुनासाे रहेकाे एकजना  पत्रकारले साँघु डटकमलाई बताए  । व्यवस्थापनले भने त्यो कारवाही रोकेको थियो । त्यसपछि अन्य सम्पादकहरुसँग भण्डारीको कुरो मिल्न छाडेको हो ।

पछिल्लो समय प्रधानसम्पादक थापाले भण्डारीको फोन समेत उठाउन छाडेका छन् । भण्डारी कान्तिपुरबाट अन्नपूर्ण जाने राम्रा पत्रकारमा गनिन्छन् ।