🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस वर्ष मनसुनमा औसत वर्षा हुने प्रक्षेपण 

काठमाडौँ, ११ जेठ (रासस) :  यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण छ ।

    विश्व मौसम सङ्गठनको अगुवाइमा सास्कोपले हरेक वर्ष मनसुन शुरु हुनुभन्दा एक महिना अगावै दक्षिण एशियाली क्षेत्रको मनसुनसम्बन्धी दृष्टिकोण तयार गर्दै आएको छ । साधारणतया अङ्ग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्छ । 

    मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अवधिमा मुलुकभरको औसत वर्षाको मात्रा एक हजार ४९९ दशमलव ६ मिलिमिटर रहेको छ । यो भन्दा १० मिलिमिटर बढी वा कम वर्षा भए पनि औसत वर्षा नै मानिने बताइएको छ । 

    यस्तै काठमाडौँको वार्षिक वर्षा एक हजार ४५४ दशमलव ८ मिलिमिटर रहेको छ । “कम वर्षा हुने भन्दैमा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन । केही घण्टाको मुसलधारे वर्षाले ठूलो प्राकृतिक प्रकोप हुन सक्छ”, मौसमविद् मानन्धरले भन्नुभयो । 

    सामान्यतया १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा केही दिन छिटो भित्रने मौसमविद्को अनुमान रहेको छ । 

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३९ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । 
–––