🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपेन्द्रप्रति सबैको विशेष नजर 

काठमाडौं । संघीय समाजवादी फोरम सरकार गठनका लागि कुन समीकरणमा जोडिएला भन्ने जिज्ञासा सर्वत्र छ । हुन पनि मधेशको राजनीतिकलाई केन्द्रमा राखेर आएको यो पार्टी केही दिन पहिलासम्म एमालेलाई सत्तोसराप गरेर हिंडेको थियो । संविधान संशोधनको मुद्दामा एमालेले साथ नदिएको भन्दै फोरमका अध्यक्ष उपेन्द्र यादव एमालेको चर्को विरोध गरेर तराईमा भोट बटुल्न सफल भए । तर, अहिले फोरम एमाले र माओवादी केन्द्रको गठबन्धनमा बन्न सरकारको पक्ष्ँमा चर्को बार्गेनि¨का लागि वातावरण बनाउन लागेको देखिएका छन् । 

 आजभोलि काठमाडौंमा चलेको राजनीतिक चर्चा अनुसार, निर्वाचन सकिएको १५ दिनपछि फोन गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली नेताहरूलाई बधाई दिनुको कारण पनि वाम गठबन्धन फुटाउन नसकिने बुझाई पछिको फोन वार्ताको रुपमा लिने गरिएको छ । यो बीचमा एमाले इतरको सरकार बनाउनका लागि नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले यादवसंग पनि कुराकानी गरेको एमाले नेताहरू चर्चा गर्ने गर्दछन् ।

तर, यादवले प्रचण्ड र ओलीको गठबन्धन सरकार निर्माणका लागि मात्रै नभएर पार्टी एकीकरण गर्नेसम्मको तयारी भएकोले पहिलोजस्तो पं्रचण्डलाई एमालेसंगको गठबन्धन तोड्न सजिलो नभएकोले वामगठबन्धनकै पक्षमा सरकार बन्नुपर्ने घुमाउरो पारामा आफ्ना धारणा राखेको बताइन्छ । यादवको पार्टीबाट नै प्रदेश २ मा मुख्यमन्त्री बन्न्ने भएकोले यदि केन्द्र सरकार वाम गठबन्धनको बन्यो भने उसको विपक्षमा बस्दा प्रदेशमा काम गर्न असजिलो हुने बुझाइले पनि यादव वामगठबन्धनसंग नजिक हुन चाहेको बताइन्छ ।

हुन त योबीचमा यादवले प्रचण्ड, ओली, र शेरबहादुर देउवासंग गोप्य भेटघाटहरू प्रशस्त गरेको स्रोतको दावी छ ।  वाम गठबन्धनतिर यादव ढल्किएको हो कि भन्ने आशंकाले राजपाभित्र पनि वाम गठबन्धनको सरकार बनेपछि मिलेर जानुपर्ने धारणा विकसित हुन थालेको बताइन्छ । 
 (२०७४ पुस १० गतेको साँघु साप्ताहिकबाट)