काठमाडौँ, ९ पुस । रबि लामाद्वारा निर्देशित नयाँ वेब सिरिज ‘लास्टै Rag भो ’को चौंथो भाग सार्वजनिक भएको छ । कमेडी बेस यो वेब सिरिजमा नमिता तामाङ, प्रतिक दुलाल, प्रनब आकाश, मनोज तामाङ, अरुण क्षेत्री र ममता महर्जनलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो वेब सिरिजमा अहिलेको जल्दोबल्दो कथाबस्तुलाई समेटेको छ, साथै यसमा ४ जना साथीरुको बीचको सम्बन्धमा मेलमिलाप, झैझगडा तथा के कस्ता दुख र कठिनाई आईपर्छन् भन्ने देखाईएको छ। हाईलाईट्स इन्र्टटेन्टमेन्टको प्रस्तुतिको साथै घाउँचोट प्रडक्शनको साथमा बनेको वेभ सिरिजमा सिवानी गुरुङको लेखन तथा निर्माणको पक्षमा ओम गुरुङ र कृष्णदेबि गुरुङको रहेको छ ।
यस वेब सिरिजको थेम गीतमा निर्णय श्रेष्ठ ‘एन.एस.के.’को शब्द तथा स्वर रहेको छ भने म्यूजिक कम्पोजमा बिजय अधिकारीको रहेको छ, साथै सिनोम्याटिग्राफीमा शरद महोतोको रहेको छ ।



