🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘लम्की सांगीतिक महोत्सव २०७९’को भव्य तयारी

कैलालीको लम्कीमा यही भदौ ३० गतेदेखि ‘लम्की सांगीतिक महोत्सव २०७९’ हुने भएको छ ।

कैलालीको बर्दगोरिया गाउ“पालिका वडा नं. २ स्थित बौनियामा रहेको सहारा घरलाई सहयोगार्थ हाइ वे मिडिया प्रा.लि. द्वारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेगाहर्जको आयोजनामा २०७९ भदौ ३० गतेदेखि असोज ९ गतेसम्म ‘लम्की सांगीतिक महोत्सव २०७९’ आयोजना गर्न लागिएको २०७९ भदौ १० गते शुक्रबार लम्की, कैलालीमा पत्रकार सम्मेलन गरे आयोजकले जानकारी दिएका छन्  ।

    असहायका लागी सहयोगी हातहरु नेपालको सहारा घरलाई सहयोगार्थ विशेषगरी महोत्सवको आयोजना गरिन लागिएको हो, हाइ वे मिडिया प्रा.लि.द्वारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेगाहर्जका प्रबन्ध निर्देशक तिर्थ जैसीले भने–‘यस क्षेत्रको पर्यटन, कृषि र स्थानीय कला संस्कृति राष्ट्रिय रुपमा पनि चिनाउन चाहन्छौं ।’

बौनियामा रहेको सहारा घरमा करिब एक सय जनाभन्दा बढी व्यक्ति रहेका छन् जुन मानसिक सन्तुल गुमाएका र घरबाट निकालिएका बुढाबुढी रहेको बौनियामा रहेको सहारा घरका सञ्चालक बल बहादुर विष्टले बताए ।

जसको कोही छैन त्यसका लागि हामी छौं भन्ने उद्देश्यका साथ विष्टले बौनियामा सहारा घर स्थापना गरेका थिए । सरकारी निकायबाट प्रत्यक्ष सहयोग नभएपनि विभिन्न संघ÷संस्थाको सहयोगका कारण सबैलाई पालपोषण गर्ने सजिलो भएको  सहारा घरका सञ्चालक बल बहादुर विष्टले सुनाए ।

बौनियामा रहेको सहारा घरको सहयोगार्थ महोत्सव गर्न लागिएको महोत्सवमा चर्चित राष्ट्रिय कलाकारको सांगीतिक कार्यक्रमका साथै कैलाली जिल्लाको वैकल्पिक व्यापारिक क्षेत्रको रुपमा विस्तार र विकास हुँदै गएको लम्कीको  संस्कृति, भेषभुषा झल्किने स्थानीय कला, संस्कृतिको प्रदर्शन गरिनुका साथै व्यापारिक, व्यावसायिक र कृषि स्टल समेत रहने महोत्सव संयोजक दीपक सुनारले बताए ।
महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

बडादशैं २०७९ को मुखमा १० दिनसम्म सञ्चालन गरिने महोत्सवमा करिब ५० लाख खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान गरेको छ । कोभिड भन्दा पछि पहिलो पटक लम्कीमा हुन लागेको भव्य महोत्सवमा करिब ८ लाख जनताले अवलोक गर्ने आयोजकको अपेक्षा छ ।