🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब अनलाइनबाट नै मुद्दा दर्ता – प्रधानन्यायाधीश

काठमाडौँ, ७ पुस (रासस) : प्रधानन्यायाधीश गोपाल पराजुलीले विधिको शासनको अवलम्बन गर्ने कानून व्यवसायीलाई संविधान र कानूनको पालना गर्न आग्रह गरेका छन्  ।

नेपाल बार एसोसिएसनको ६१आँै दिवसका अवसरमा यहाँ आज आयोजना गरिएको कार्यक्रममा उनले स्वतन्त्र न्यायपालिका, संविधान र कानूनको व्याख्या गर्ने कानून व्यवसायीले इमान्दारीपूर्वक कानूनको पालना गर्न आग्रह गरेका हुन्  ।

प्रधानन्यायाधीश पराजुलीेले न्यायालयको एक्लो प्रयासले मात्र नागरिकमा न्यायको पहुँच नपुग्ने भएकाले बेञ्च र बारबीच राम्रो सम्बन्ध स्थापना हुनु जरुरी भएको उल्लेख गरे । उनले न्याय महँगोे भयो भन्ने गुनासो आइरहेको भन्दै एक महिनाभित्र मुद्दा अनलाइनमार्फत दर्ता गर्ने व्यवस्था गर्ने तयारी भइरहेको जानकारी पनि दिए  ।

उनले कानून व्यवसायी दृष्टि र सृष्टि दुवै भएको भन्दै संविधानले दिएको जिम्मेवार र इमान्दार भई पालना गर्नुपर्ने क़ुरामा जोड दिए  ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले लोकतन्त्रमा निष्पक्ष र प्रभावकारी न्याय दिलाउनका लागि न्यायपालिकाको ठूलो भूमिका रहेको चर्चा गरेका थिए ।

उनले संविधान र कानूनको कार्यान्वयनमा राजनीतिकभन्दा माथि उठेर बहस गर्नुपर्नेमा जोड दिँदै कानून व्यवसायीको क्षमता विकासका लागि सरकारले सदा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले कानून व्यवसायीले इमान्दारीपूर्वक नागरिकलाई न्याय दिलाउन लागिरहेको बताए  ।  सो अवसरमा पूर्वकानूनमन्त्री अग्नि खरेल, अजय शंकर नायक तथा वरिष्ठ अधिवक्ताको उपस्थिति रहेको थियो ।