🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्ती स्वास्थ्य विज्ञानको भीसीमा विवादित डाक्टर

निर्वाचनमा जनादेश गुमाइसकेको सरकारले २०७४ मंसिर २८ मा विवादित चिकित्सक संगीता भण्डारीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको छ । निर्वाचन आचार संहिता लागू भएपछि मनपरी नियुक्ति गर्दैआएको शेरबहादुर देउवा सरकारले जाँदाजाँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्ति गरेको हो । स्वास्थ्य मन्त्री दीपक बोहराले चुनाव खर्च उठाउन अहिले स्वास्थ्य मन्त्रालयमा विभिन्न अनियमित काम गर्न चर्को दबाब दिन थालेपछि विभागीय र महाशाखा प्रमुखहरूको भागाभाग भएको छ । उनले स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखाहरूमा चुनावको सम्मुखमा फेरबदल गरी आर्थिक लाभ लिएका छन् । उनले आर्थिक सं्रकलनका लागि राखेका डा. यशोबद्र्धन प्रधानले स्वास्थ्यका १८ जनाभन्दा बढी निर्देशकहरू सरुवा गर्न खोज्दा निर्वाचन आयोगले सहमति नदिएका कारण रोकिएको थियो । अब पुनः कहिल्यै मन्त्री नहुने देखेपछि उनी मन्त्रालय भाडमा जाओस् तर रकम असुलीमा निकै तल्लीन भएर लागेका छन् ।

 वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति आरके रौनियारलाई सिनेट बैठक बोलाउन दबाब दिएपछि उनी मोबाइल स्वीचअफ गरी सम्पर्कविहीन भएका छन् । मन्त्री बोहराले चुनावमा पराजीत भएको लगत्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भीसी नियुक्ति सिफारिस समिति बनाएर हतार हतार एक हप्ताभित्रै भण्डारीलाई नियुक्त गरेका छ्न् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, बर्षमान पुन, जनार्दन शर्माहरूको पहलमा पुष्पकमल दाहाल सरकारले गठन गरेको राप्ती विज्ञान प्रतिष्ठानमा बोहराले २ करोड घुस लिएर भण्डारीलाई नियुक्त गरेका हुन् । 

डा भण्डारी विवादित डाक्टर हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उनलाई तत्कालीन स्वास्थ्य मन्त्री राजेन्द्र महतोले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भीसी बनाएका थिए । तर पाटन अस्पतालका बरिष्ठ चिकित्सकदेखि सबै कर्मचारीले उनको नियुक्तिको विरोध गर्दै हाजिर हुन दिएनन् । आन्दोलन नै भएपछि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई पदमुक्त गर्न बाध्य भएका थिए । तर महतोलाई २ करोड  बुझाएर आएकी भण्डारीले सर्वोच्च अदालतमा मुद्दा हालेर पछि बहाली भएकी थिइन । अदालतबाट बहाली  भएपछि उनले (पाटन अस्पतालमा नियमविपरीत आफूखुसी निर्णय गरेर प्रतिष्ठानलाई धरायसी बनाउने काम मात्र गरिन्. । महालेखा परीक्षकले नै उनले अस्पतालमा कुनै पनि काम प्रचलित नियमअनुसार नगरेको प्रतिवेदन दिएको थियो । 
डा. भण्डारीले अस्पतालमा चरम अनियमितता गरेको कुरा महालेखाको प्रतिवेदनले समेत किटान गरेको थियो । कुनै पनि काम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक प्रशासन विनियमावलीअनुरुप नहुने गरेको पाइएपछि महालेखाले सरकारलाई सम्बन्धित काममा संलग्नलाई अनुसन्धान गरी कारबाही र अस्पताललाई पुगेको क्षति बराबरको रकम असुलउपर गर्न निर्देशन दिएको थियो । उनले नियम कानून विपरीत खरिद गदरी पाटन अस्पताललाई खुद नोक्सानमा पु¥याएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

प्रतिष्ठानमा औषधि, केमिकल, रिएजेन्टस, एक्सरे, फिजियोथेरापीलगायत मालसमान खरिद गर्दासमेत टेन्डर नगरी आफूखुसी खरिद गरिएको भन्दै महालेखाको प्रतिवेदनमा त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिइएको थियो । 

तर शेरबहादुर देउवा सरकारले जनादेश गुमाइसकेपछि पाटन अस्पताल डुबाउने तिनै भण्डारीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भीसी बनाएको छ । आर्थिक चलखेलमा नियुक्त भएकी डा. भण्डारी राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीकी बहिनी हुन् ।  
                     –के एम, बिके र साथीहरू, स्वास्थ्य मन्त्रालय