🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कालीगढको समस्या समाधान गर्न सङ्घको आग्रह

काठमाडौँ, ९ वैशाख (रासस) :  नेपाल हस्तकला कालीगढ सङ्घले कालीगढ तथा उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा लकडाउन अवधिभित्रको ब्याजमा पूर्ण मिनाहा र बिक्री वितरणको सहज वातावरण नभएसम्म किस्ता र ब्याज भुक्तानीको समयावधि थप गरिदिन सरकारसँग माग गरेको छ । 

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आज सङ्घका तर्फबाट एक ज्ञापनपत्र बुझाउँदै नेपाली हस्तकला कलाकर्मी, कालीगढ, उद्यमीलाई सरकारले कृषि तथा महिला उद्यमीलाई दिइँदै आएको कर्जा सुविधासरह सेवा प्रदान गर्न माग गरेको हो ।

नेपाली हस्तकला कालीगढलाई प्राकृतिक प्रकोप, दैविक प्रकोप वा अन्य कारणले भएको बन्द तथा लकडाउन अवधिभर नेपाल सरकारले अन्य उद्योग, कलकारखानाका मजदूर सरह सेवासुविधा, राहत, अनुदान आदि उपलब्ध गराउन  माग गरिएको छ । 

    कलाकर्मी तथा कालीगढले उत्पादन गरेको वस्तुको बिक्री वितरण, प्रमोशन तथा बजारीकरण गर्ने कार्य र मेला तथा प्रदर्शनीमा पूर्ण निःशुल्क सेवा सुविधाका साथ पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएको सङ्घका अध्यक्ष हरि सेञ्चुरी विकले जानकारी दिनुभयो । सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टले समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको थियो ।