काठमाडाैं । सहकारीकाे क्षेत्रमा आफ्नाे बेग्लै मात्र हाेइन विशिष्ट पहिचान बनाउन सफल रोयल बहुउद्देश्यीय सहकारी संस्था २०७७ वैशाख ९ गतेबाट २३ औं वर्षमा प्रवेशमा गरेको छ । २०५५ साल वैशाख ९ गते स्थापना भएको रोयल बहुउद्देश्यीय सहकारी आफ्नाे २३ वर्षकाे याे जवानीमा प्रवेशका साथै परिपक्व पनि हुँदै गएकाे कुरा यसले आफ्नाे र आफ्ना परिवारकाे वास र गाँसमा समेत सफलता हासिल गरेकाे छ। यसकाे नाम राेयल जस्तै काम पनि राेयल ने मान्नु पर्दछ ।
यसकाे व्यवस्थापकीय सुझबुझ, परिपक्वता, पारदर्शी काराेवारका साथै आफ्ना सदस्यहरू बीचमा साैहार्दपूर्ण व्यवहार, काम कारवाहीले गर्दा उन्नितकाे शिखर चुम्दै छ भन्ने प्रमाणकाे रूपमा काठमाडाैं बसुन्धरा चक्रपथ जस्ताे अमूल्य स्थानमा यसले भव्य राेयल कम्प्लेक्स निर्माण गरेर आफ्नाे मुख्य कार्यालय खडा गरेबाट नै स्पष्ट हुन्छ । मुख्य कार्यालय सुविधासम्पन्न रहेकाे छ । जसबाट वार्षिक १ करोड रुपैयाँ भाडा वापत आम्दानी गर्दैछ ।
लकडाउनका कारण रोयल बहुउद्देश्यीय सहकारी संस्थाकाे यस वर्षको स्थापना दिवसका कार्यक्रम खुम्चिएको बताइएकाे छ । रोयलले हरेक वर्ष रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै आएको थियो । समाजसेवामा विशेष ध्यान दिने यस संस्थाले रक्तदान, सरसफाईका कार्यक्रम, विभिन्न संघ/संस्थालाई सहयोग, खाद्यान्न वितरण लगायत काम हरेक वर्ष गर्दै आएको थियो । तर, रोयल बहुउद्देश्यीय सहकारी संस्था लकडाउन जस्ताे जटिल अवस्थामा पनि रोयल बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यलाई संस्थाले निरन्तर सेवा प्रवाह गर्दै आएको जानकारी दिएकाे छ ।
कुन अवस्थामा छ त राेयल सहकारी
अध्यक्ष भानुभक्त ढकाल, उपाध्यक्ष इन्दिरा पन्त, सचिव तथा मैनिंजग डाइरेक्टर सीताराम काफ्ले, काेषाध्यक्ष, विमल कुमार निराैला, बाेर्ड डाइरेक्टरहरू निशा बस्नेत थापा, सुमनराज पाैडेल र पुनम खड्काकाे नेतृत्वमा संचालन हुँदै आएकाे रोयल बहुउद्देश्यीय सहकारी संस्था सहकारी क्षेत्रमा अग्रस्थानमा रहेको छ ।
संस्थाको व्यवस्थापन पक्ष निकै बलियो रहेकाले यसले आफ्नाे लक्ष र उद्देश्यमा सफलता हासिल गर्दै अघि बढेकाे पाइन्छ। रोयल बहुउद्देश्यीय सहकारी संस्था बैकिङ्ग क्षेत्रका अनुभवी, दक्ष व्यक्तिहरुबाट संचालित भइरहेकाले सामाजिक र आर्थिक सवलीकरणका लागि विभिन्न किसिमका सेवामूलक कामहरु गर्दै आएको पाइन्छ ।
रोयल बहुउद्देश्यीय सहकारीकाे शेयर पूँजी ५ करोड ७ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको बताइएकाे छ । संस्थामा ७ हजार १ सय ८ जना सदस्य रहेका छन् । जसमध्ये ४ हजार ९ सय ३० जना महिला र २ हजार १ सय ७८ जना पुरुष रहेका छन् । राेयलले याे अवधिमा ८२ करोड ७६ लाख बचत संकलन, ८३ करोड ४५ लाख ऋण लगानी तथा रू. १ अर्व २५ करोड ५७ लाखको कुल कारोबार गर्दै आएको जानकारी दिएकाे छ ।
संस्थाले चार वटा सेवा केन्द्रमार्फत पनि सेवा प्रदान गरिरहेको बताएकाे छ । राेयलले गत वर्ष १५ प्रतिशत लाभांश वितरण गरेको जानकारी दिएकाे छ । संस्थाले काठमाडौंका ग्रामीण क्षेत्र फर्पिङ, साँखु, जीतपुर फेदी जस्ता ठाउँमा लघुवित्तमार्फत सहकारीको सेवा पुर्याउँदै आएको छ ।
रोयल बहुउद्देश्यीय सहकारीले आफ्नो सदस्यहरुलाई विविध व्यापार, व्यवासाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले कृषि उत्पादन, प्रशोधन, बिउबिजन खरिद, कृषि यन्त्र खरिद, पशुपालन, कुखुरा, च्याउ, बंगुरपालन आदिका लागि सदस्यहरुलाई कृषि कर्जाको व्यवस्था गर्दै अघि बढिरहेकाे यसकाे सक्रियता र गतिविधिले पुष्टि गर्दछ ।



