🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 म्यानमारका सेनाप्रमुख र  प्रेस काउन्सिल नेपालकाे प्रतिनिधिमण्डल बीच दुइ घण्टा  वार्ता 

काठमाडौं । म्यान्मार प्रेस काउन्सिलको निमन्त्रणामा २०७६ फागुन ६ गते (फेब्रुअरी  १८, २०२०) प्रेस काउन्सिल नेपालको ५ सदस्यीय प्रतिनिधिमण्डल राजधानी न्ये पी त पुगेको थियाे।

प्रेस काउन्सिल नेपालकाे प्रतिनिधिमण्डललाई स्वागतार्थ आयोजित कार्यक्रममा म्यानमार काउन्सिलका अध्यक्ष ९३ बर्षीय अध्यक्ष उ आन च्याइङ्गले भने– 'छोटो अवधिमा जेजति गर्यौं, मिडियाकै हितमा गर्यौं । तपाईंहरुजस्ता अनुभवी साथीबाट सिकेर अझै धेरै गर्नु छ !' नेपाली प्रतिनिधि मण्डलका नेता तथा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भने–'काउन्सिलले प्रेस स्वतन्त्रताको रक्षा गर्दै मर्यादित तथा जिम्मेवार पत्रकारिताको विकासको निम्ति पत्रकार आचारसंहिताको कार्यान्वयन, मिडियाको अभिलेख तथा नियमन,  पत्रकारका लागि  उपचार खर्च  र सञ्चारसामग्री खरिदमा अनुदान, पत्रकारलाई पुरस्कार तथा सम्मान, पत्रपत्रिकाको वर्गीकरण आदि कार्यहरू कुशलतापूर्वक गर्दै आएको छ । '

\"\"

 (नेपाली प्रतिनिधिमण्डलले म्यान्मार काउन्सिलका पूर्व अध्यक्षसमेत रहेका सञ्चारमन्त्री डा.पी. मिन्त र सञ्चार सहायकमन्त्री अङ् ला तुनसँग शिष्टाचार भेटघाट)

 प्रतिनिधिमण्डलले म्यान्मार काउन्सिलका पूर्व अध्यक्षसमेत रहेका सञ्चारमन्त्री डा.पी. मिन्त र सञ्चार सहायकमन्त्री अङ् ला तुनसँग शिष्टाचार भेटघाट तथा छलफल गरेको थियाे । सो अवसरमा मन्त्रीद्वयले दुई देशका प्रेस काउन्सिलवीचको सम्बन्ध घनिभूत बनाउन आफूहरुले सक्दो मद्दत गर्ने, सन् २०१५ मा स्थापित म्यान्मार काउन्सिललाई थप स्रोत, साधनयुक्त बनाउन बजेटको व्यवस्था गर्नेलगायत प्रतिबद्धता जनाएका छन् । हालै ऐतिहासिक भवनमा म्यानमार काउन्सिलको कार्यालय सारिएको पाइयाे । जुन भवनमा नोबेल पुरस्कार बिजेता बंगाली साहित्यकार रविन्द्रनाथ टैंगोर सन् १९२४ मा बसेका थिए । 

  मणिमानिक्य, जवाहरात, हिरारत्न, तेल, ग्यास, माछा, टिम्बरलगायत म्यान्मारको प्रमुख उत्पादन हुन् । चीन र भारत दुईदेशसँग म्यानमार (बर्मा)को सीमाना जोडिएको र भर्खर भर्खर  प्रजातान्त्रिक बाटाे पछ्याउन सुरू गरेकाे म्यानमारले त्यहाँकाे सेनासंग हातेमालाे गर्दै विकास निर्माण अघिबढिरहेकाे छ ।

   \"\"

(म्यानमारका  प्रमुख निर्वाचन आयुक्त उ ल्हा थिन र १८ जना आयुक्तहरूसंग नेपाली प्रतिनिधिमण्डलले भेटघाट तथा छलफल )

 २०७६ फागुन ८ गते तद्नानुसार फेब्रुअरी  २०, २०२० मा  प्रमुख निर्वाचन आयुक्त उ ल्हा थिन र १८ जना आयुक्तहरूकाे सहभागितामा नेपाली प्रतिनिधिमण्डलले भेटघाट तथा छलफल गरेको थियाे । प्रमुख निर्वाचन आयुक्त थिनले यसैवर्ष बर्मामा आमचुनाव हुन गइरहेको सन्दर्भमा नेपालबाट चुनावसम्बन्धी आचारसंहिता सिक्न इच्छुक रहेको बताएका थिए।

आमनिर्वाचनको बेला काउन्सिलले आचारसंहिता कसरी लागू गराउन सक्छ ? स्वस्थ, निष्पक्ष, स्वतन्त्र निर्वाचनको निम्ति मिडिया र निर्वाचन आयोगले के, कस्तो भूमिका निर्वाह गर्न सक्छन् ? यससम्बन्धी नेपालका अनुभवहरु के–के हुन् ? भन्दै  प्रमुख निर्वाचन आयुक्त थिनले जिज्ञासा राखेका थिए। अनुभव आदान–प्रदान तथा त्यस निम्ति आपसी सहकार्य गर्ने समझदारी भएको छ । भेटघाट तथा छलफल कार्यक्रममा म्यानमारको सातवटै राज्यका निर्वाचन आयुक्तहरुको सहभागिता रहेकाे थियो । 

 २०७६ फागुन  ९ गते शुक्रबार म्यानमारका सेना प्रमुख मिन अङ् लाइँसँग शिष्टाचार भेटघाट भएको थियाे । सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले ४–५ पुस्तादेखि बर्मामा बस्दै आएका नेपाली दाजुभाइको नागरिकतासम्बन्धी मुद्दा, उनीहरुको पेशा, व्यावसायको सुरक्षामा चासो व्यक्त गरेका थिए। दोस्रो विश्वयुद्धताका १४ देखि १९ वर्ष उमेर समूहका नेपाली योद्धाहरुले बर्माको तर्फबाट जापानसँग भिषण लडाइँ लडेका थिए ।

ती योध्दा मध्येका एकजना जाे १९ वर्षकै उमेरमा  २०० जना दुश्मनलाइ ढालेर आफूले वीरगति प्राप्त गरेका थिए, तिनै बमेर्ली आर्मीज हिराे शुकबहादुर राइ(सन् १९३१-१९५०) काे सम्मानमा शहीद स्मारक तथा शालिक निर्माण गरिएको छ । तिनै बर्मेली आर्मीज हिराेकाे स्मारकमा म्यानमार काउन्सिलका अध्यक्ष ९३ बर्षीय अध्यक्ष उ आन च्याइङ्ग र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशाेर श्रेष्ठले फूलका गुच्छासहित  श्रध्दाञ्जलिका साथै  सेनाकाे सलामी अर्पण गरिएकाे थियाे। यस्ताे सलामी र सम्मान राष्ट्राध्यक्षहरूकाे भ्रमणामा मात्र हुने गरेकाे म्यानमारका लागि नेपाली राजदूत भीम उदासले बताए । 

सेनापति लाइँले जल, थल, हवाई मार्ग प्रयोग गरेर दुई देशवीचको साँस्कृतिक,परम्परागत, व्यापारिक तथा मिडिया सम्बन्धसमेत विकास गर्न सहयोग पुर्याउने, औद्योगिक व्यापार मेला आयोजना गर्न निःशुल्क स्टल उपलब्ध गराउने बचन दिएका छन् । म्यानमार-नेपाल सीधै जोडिने हवाईसेवा सञ्चालन गर्न निजी क्षेत्रको बायुसेवा कम्पनीसँग आग्रह गरिएको थियाे । 

  सामान ढुवानीको लागि कलकत्ता बन्दरगाहसम्म पानीजहाज उपलब्ध गराउने विषयमा उपराष्ट्रपतिलाई आग्रह गरिएको जानकारी पनि दिए । म्यानमारको संसदमा सेनाको २५ प्रतिशत प्रतिनिधित्व रहेको छ । उपराष्ट्रपति, रक्षामन्त्री, गृहमन्त्री र सीमा सुरक्षा मन्त्री सेना  स्वयम्ले  खटाउने गर्छ । यसअघि सन् २०१७ डिसेम्बर १०–१५ तारेखमा प्रेस काउन्सिल नेपालको प्रतिनिधिमण्डल म्यानमारको पुरानो राजधानी यांगुन पुग्दा सेनाप्रमुख लाइँ त्यही दिन नेपाल काठमाडौं पुगेकाे स्मरण पनि गरिएकाे थियाे। 

  आगामी मे महिनामा नेपालमा हुने बौद्ध सम्मेलनको अवसर पारेर बर्माबाट उच्चस्तरीय  भ्रमण हुनसक्ने बताइएको छ । नेपालभन्दा जनसंख्यामा दोब्बर, क्षेत्रफल चौबर रहेको, बर्मामा ६ लाख सेना रहेका छन् । त्यहाँ वाहा, कचिन, करेन, रोहिंग्यालगायत ९ जनजातिकाे आफ्नै सशस्त्र  विद्राेही दस्ता अस्तित्वमा रहेको छ । वाहा काे विद्राेही दस्ता चाहिं म्यानमार शक्तिशाली मानिंदाे रहेछ । प्रधानसेनापति  सेना प्रमुख मिन अङ् लाइँसँगकाे बैठक २ घण्टासम्म चलेको थियो । म्यानमारमा दुई लाख नेपालीको बसोबास रहेको छ । जसमध्ये ८० प्रतिशतले नागरिकता प्राप्त गरेका छन् । 

  २०७६ फागुन १० गते शनिबार नेपाल प्रेस काउन्सिलकाे प्रतिनिधिमण्डलले पर्यटन उपमन्त्री उ टिन लाटसँग शिष्टाचार भेट गरेको थियाे । नेपाल भ्रमण वर्ष,२०२० को प्रचारप्रसार तथा पर्यटन प्रबर्द्भन गर्ने उद्देश्यले प्रभातफेरी पनि सम्पन्न भएको थियाे  ।  म्यानमारकाे चर्चित राज्य मान्डलेमा आयोजित नेपाल नेपाल भ्रमण वर्ष,२०२० को प्रचारप्रसार तथा पर्यटन प्रबर्द्भन गर्ने उद्देश्यको  प्रभातफेरीमा प्रेस काउन्सिलकाे प्रतिनिधिमण्डलले  पनि सहभागिता जनाएकाे थियाे । 

  प्रतिनिधिमण्डलले नेपालका लागि म्यानमारस्थित राजदूत भीम उदाससँग शिष्टाचार भेट गरेको थियाे । यसक्रममा  राजदूत उदासले नेपाल–म्यानमारवीच भाषिक–साँस्कृतिक समानता रहेको, मिडियाको माध्यमबाट दुईदेशवीच सम्बन्ध विस्तार गर्नुपर्ने, दुवै देशका जटिलतालाई कूटनीतिकरुपले समाधान गर्नुपर्ने बताएका थिए ।

राष्ट्रपतिको अकस्मात भारत भ्रमण परेको कारणले त्यहाँका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री आङ साङ सुकीसँग भेट  हुन सकेन । सन् २०१९ मा प्रधानमन्त्रीको हैसियतमा सुकी र त्यहाँका राष्ट्रपति नेपाल आएका थिए भने नेपालबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट म्यानमार भ्रमण गरिएको थियो ।

उच्चस्तरीय तथा मैत्रीपूर्ण भ्रमणले दुईदेशको सम्बन्ध घनिभूत हुँदै गएको छ ।  सुकीले प्रजातन्त्रको लडाइँमा दुई दशक लामो नजरबन्द जीवन बिताएकी थिइन् ।  नेतृ सुकीकी आमा म्यानमारको लागि नेपाल र भारत हेर्नेगरी राजदूत भई सन् ६० को दशकमा नेपाल आउँदा सुकी पनि सँगै आएको र दुई बर्ष नेपालमा बसेर बुध्द शिक्षा हासिल गरेकी थिइन् । सुकीका कान्छो छोराको जन्म नेपालमै भएको थियाे । 

५ सदस्यीय नेपाली टोलीसङ्ग शुरुदेखि नै म्यान्मार प्रेस काउन्सिलका अध्यक्षसहित नाै जना काउन्सिलर यात्रामा संगसंगै रहेका थिए । नेपाली डेलिगेसनले बर्माका सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरुसँग भेटघाट गर्ने, प्रेस स्वतन्त्रताको लागि योगदान गरेका मिडियाको वर्तमान अवस्था, ऐतिहासिक, धार्मिक पर्यटकीय स्थलको अध्ययन–अवलोकन गरेकाे थियाे । त्यसक्रममा भ्रमण टोली पुरानो राजधानी याङ्गुनबाट ८ सय किलोमीटर लामो सडकमार्ग पार गर्दै नेपाली वस्ती माण्डलेसमेत पुगेर भेटघाट गरेकाे थियाे ।