🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पुनःनिर्माणमा रोकिएन अनियमितता -टीआइ नेपाल   

काठमाडौँ, १६  फागुन (रासस) : भूकम्पपछिको पुनःनिर्माणमा सार्वजनिक रुपमा भएको अनियमितता रोक्न नसकिएको सरोकार भएका निकायका अधिकारीले स्वीकार गर्नुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले फागुन १५ गते यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार, धारणा, समस्या र सुझाव’ विषयक छलफलमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले केही पीडितले रु तीन लाख अनुदान लिएर आधा रकममा एक कोठे भवन बनाएको पाइएको सुनाउनुभयो । 

 भूकम्प प्रभावित धेरै जिल्लामा यस्ता उदाहरण धेरै भए पनि प्राधिकरण लगायत पुनःनिर्माण संलग्न निकायले यसलाई रोक्न भने सकेनन् । प्राधिकरणले तीन पटकसम्म पुनःजाँच गरिसकेकाले अब गर्न नसकिने उल्लेख गर्नुहुँदै उहाँले लाभग्राहीमा नपरी चित्त नबुझे पुनरावेदन समितिमा उजुरी गर्न सकिने व्यवस्था रहेको जानकारी गराउनुभयो । 

टिआइ नेपालका अध्यक्ष एवं पूर्वसचिव खेमराज रेग्मीले भूकम्प प्रतिरोधी बलियो घर बनानउ अनुदान दिइएका पुरानै खाले एक कोठे घर बनाएर सार्वजनिक रुपमा भएको अनियमितता पहिल्यै ध्यान दिएको भए रोक्न सकिनेतर्फ प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । टिआइ नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बलियो घर निर्माणका लागि प्राविधिक सहयोग सरकारले प्रोत्साहन स्वरुप मात्र रु तीन लाख अनुदान दिएकामा घर निर्माण पूरै त्यही रकमले सकिनुपर्ने धारणा भूकम्प पीडितमा विकास भएको बताउनुभयो ।

 कार्यक्रममा टिआइ नेपालका वरिष्ठ अधिकृत विनोद भट्टराई भूकम्प पीडितलाई खर्बौँ रुपैयाँ बाँड्दा भ्रष्टाचार नहुने गरी व्यवस्था मिलाउनु सकारात्मक भएको सुनाउनुभयो । टिआइ नेपालले फागुन १५ गते नै  काठमाडौँ महानगरपालिका–८ को जयवागेश्वरी र ९ को गौशाला, ललितपुर महानगरपालिका–२१ को खोकना, गोदावरी नगरपालिका वडा नं. ११ को चापागाउँ, भक्तपुर नगरपालिका वडा नं. ४ को भक्तपुर दरबार स्क्वायर र सूर्यविनायक नगरपपालिका वडा नं. ७ को गुण्डुमा सर्वसाधारणबाट भूकम्पपछिको पुनःनिर्माणका बारेमा स्थानीयवासीसँग सुझाव सङ्कलन गरेको थियो ।
–––
–––